‘राजा आऊ’ भन्दै ललितपुरमा प्रदर्शन



हाम्रो इकोनोमि

 

ललितपुमार राजसंस्था पक्षधरहरूले मोटरसाइकल र्‍याली निकालेका छन्।  राजसंस्थाको पक्षमा नारा लगाउँदै निस्केको र्‍यालीलाई राप्रपाले नेतृत्व गरेको थियो।  र्‍यालीमा सहभागीले राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद भन्दै नारा लगाएका थिए।  र्‍याली राप्रपा केन्द्रीय सदस्य निरञ्जन थापाले र्‍यालीको नेतृत्व गरेका थिए।

थापाका अनुसार र्‍याली सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केको थियो। र्‍याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो।

जुलुशमा सहभागीले जावलाखेलस्थित स्व. राजा वीरेन्द्रको शालिक परिक्रमा गरी पुरानो राष्ट्रिय गीत बजाएका थिए मोटरसाइकलमा रहेकाहरूले राष्ट्रिय झन्डा बोकेका थिए। र्‍यालीमा बहुसंख्यक युवा सहभागी थिए विगत केही समययता देशका विभिन्न ठाउँमा राजसंस्थाको पक्षमा आन्दोलनहरू भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...