प्रचण्डका घरबेटी शारदा अधिकारीको चोकचोकमा पोस्टर



हाम्रो इकोनोमि

 

कमलविनायकदेखि नगरकोटसम्मको सडक अलपत्र पारेपछि शारदाप्रसाद अधिकारीको पोस्टर चोक र सार्वजनिक सवारीमा टाँसेर स्थानीयले विरोधको नयाँशैली अपनाएका थिए । प्रचण्डका घरबेटी अधिकारीले जस्तै आयोजनाको ठेक्का लिएर ठेकेदारले अलपत्र पार्न थालेपछि सुदूरपश्चिमतिर पनि विरोधको यही रचनात्मक शैली अपनाउन थालिएको छ ।
हुलाकी सडक निर्माणको काम अलपत्र छाडेपछि स्थानीयले यसको जिम्मा लिएका ठेकेदारहरूको पोस्टर बनाएर बेलौरीको चोक–चोकमा टाँसेका हुन् । बेलौरीदेखि बेल्डाँडीसम्मको सडकको लम्बाइ २० किलोमिटर छ । गत वर्ष नै यो सडक निर्माण भइसकेको हुनुपथ्र्यो । तर  केही प्रतिशत मात्र पूरा भएको छ । अधिकांश काम बाँकी भए पनि अहिलेसम्म निर्माण कार्य थालिएको छैन ।

जिम्माअनुसारको काम नगरेपछि स्थानीयले निर्माणको ठेक्का लिएको सिद्धि शाही प्रकाश कन्स्ट्रक्सन र पटके ठेकेदारको पोस्टर बनाएर सार्वजनिक स्थानमा टाँसेका हुन् । ४ जना ठेकेदारको तस्बिरसहितको पोस्टरमा बुटाबारीदेखि बेलडाँडीसम्मको सडक निर्माण गर्ने ठेकेदार हराएको सूचना उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...