हिन्दूराष्ट्रको माग गर्नेहरू मदिरा र गाईको मासु खानेहरू हुन् : मन्त्री त्रिपाठी



हाम्रो इकोनोमि

 

संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयश त्रिपाठीले मदिरा र गाईको मासु खानेहरू हिन्दू राष्ट्रको माग गरेर सडकमा उत्रिएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री त्रिपाठीले गाईको मासु खानेहरूले राजनीतिक वकालत गरेको भन्दै कठोर आलोचना गरेका हुन् ।

‘धर्मको नाममा म आफै हिन्दू हुँ । म मदिरा खाने र गाईको मासु खाने मान्छे होइन’, उनले भने, ‘मैले देखेको छु, मदिरा सेवन गर्नेहरू र गाईको मासु खानेहरूनै हिन्दूका लागि राजनीतिक वकालत गर्छन् । म धार्मिक मान्छे भएको र म धार्मिक वकालत गर्दछु यति मात्रै हो ।’

हिन्दू राष्ट्र र राजसंस्थाको माग गरेर सडकमा आन्दोलन रहेका बेला मन्त्री त्रिपाठीले आन्दोलनकारीहरूलाई गाईको मासु खाने र मदिरा सेवन गर्नेहरूको संज्ञा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...