विप्लव माओवादीमा पोलापोल, पार्टी फुट्ने संकेत



हाम्रो इकोनोमि

 

झण्डै दुई वर्षअघि ०७५ फागुन २२ गते राज्यले नियन्त्रणमा लिएपछि विप्लव माओवादीका केदार खतिवडालाई अदालतले धरौटीमा छुटाएको थियो । तैपनि, उनले तोकिएको ४ लाख ५० हजार रुपैयाँ धरौटी रकम तिर्न नसक्दा थप ६ महिना जेलमा बस्नुपरेको भनी गुनासो पोख्दै हिँडेका छन् । तर, पार्टीका कमरेडहरूले भने धरौटीबापत तिरिएको लाखौं रकम खतिवडाले पहिले नै गोलमाल गरेको आरोप लगाएका छन् ।

सक्रिय कमरेडहरूले खतिवडाजस्ता पार्टी छाडी घरबार हेरेर बसेकालाई आत्मसमर्पण गरेको आरोप लगाएका छन् । खतिवडाले दिँदै भनेका छन् ‘म जेलबाहिर निस्केपछि पार्टीका केही कमरेडसँग भेट्न खोजेँ तर समय नै दिइएन । कारण मलाई पनि थाहा छैन ।’ अहिले आफूले निर्धक्क घरपरिवारसँग जीवन बिताइरहेको र दुई वर्षदेखि पार्टीको कुनै जिम्मेवारीमा नरहँदा पनि आफूमाथि गुटबन्दीको आरोप लगाउनेलाई लाज लाग्नुपर्ने उनी बताउँछन् ।

उता, पार्टीनिकट विद्यार्थी संगठनको १९औं सम्मेलनसम्बन्धी जानकारी नराख्नेहरू पनि विप्लव माओवादीको केन्द्रीय समितिमा रहेको उनको दाबी छ । पोलापोलको क्रममा कतिपय नेता तथा कार्यकर्ताले पार्टीको सूचना दुश्मनलाई बेच्ने र पार्टी नेतृत्वलाई गिरफ्तार गराउन भूमिका निभाउनेसम्मको आरोप एकअर्कालाई लगाउने गरेका छन् ।

प्रहरीले पक्राउ पर्दा खतिवडा कमाण्ड कार्यालय सचिव थिए । उनी भन्छन्, ‘आर्थिक काम सबै अर्थ विभागले हेर्छ । सबै कमरेडले गरेको खर्चको हिसाब कमाण्ड कार्यालयमा बुझाउने व्यवस्था छ । तर, पार्टीको नीतिसँग असहमत भएर बाहिर निस्केकालाई सजिलैसँग आर्थिक अपचलनको आरोप लगाउने गरिएको छ ।’ नागरिकको व्यापार, व्यवसाय तथा श्रम गरेर खाने नैसर्गिक अधिकार हो ।

त्यही अधिकार प्रयोग गरिरहेकाहरूलाई विप्लवका नेता–कार्यकर्ताले पूर्वाग्रहपूर्ण तवरले अनावश्यक, झुटो, कपोलकल्पित र भ्रामक आरोप लगाई सार्वजनिक रूपमा भ्रम फिँजाउने काम गरिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...