मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी



हाम्रो इकोनोमि

 

मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको जानकारी दिनुभएको हो । उहाले आफ्नो फेसवुक पेज मार्फत बैठक जारी रहेको जानकारी गराउनु भएको छ । बैठकमा विश्वको आज सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिकका बारेमा छलफल हुने बताइएको छ ।

आजै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । मंगलबार बिहान ११ बजे बस्ने गरी सो बैठक बोलाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो। ‘यो बेला बेला हुँदै आएको हो। प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो,’ थापाले बताउनुभयो ।बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...