दोस्रो विवाह गर्ने तयारीमा मनोज गजुरेल



हाम्रो इकोनोमि

 

हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाहको तयारी थालेका छन् । प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा पत्नी मीना ढकालसँग पारपाचुके गरेका उनी करिब ३ वर्षयता सिंगल छन् ।

एपीवान टेलिभिजनले प्रशारण गरेको एक अन्तर्वार्ता उनले विवाहको तयारी भइरहेको खुलासा गरेका हुन् । आफूले विवाह गर्न लागेको उनले स्वीकार गरेका छन् । तर, उनले कोसँग र कहिले भन्ने बारेमा भने केही खुलाएका छैनन् ।

यद्यपि केही समय पछि आफू विवाह बन्धनमा बाँधिन लागेको कुरा साँचो भएको बताउँदै उनले यो कुरा प्रष्ट हुन केही महिना लाग्ने बताएका छन् ।

उनले केही व्यावहारिक पाटोको टुङ्गो लगाएपछि बाँकी कुरा सार्वजनिक गर्ने बताएका उनले अब आफ्नो विवाह पूर्वी नेपालमा हुने संकेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...