दोस्रो विवाह गर्ने तयारीमा मनोज गजुरेल



हाम्रो इकोनोमि

 

हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाहको तयारी थालेका छन् । प्रेम विवाह गरेको २२ वर्षपछि २०७४ सालमा पत्नी मीना ढकालसँग पारपाचुके गरेका उनी करिब ३ वर्षयता सिंगल छन् ।

एपीवान टेलिभिजनले प्रशारण गरेको एक अन्तर्वार्ता उनले विवाहको तयारी भइरहेको खुलासा गरेका हुन् । आफूले विवाह गर्न लागेको उनले स्वीकार गरेका छन् । तर, उनले कोसँग र कहिले भन्ने बारेमा भने केही खुलाएका छैनन् ।

यद्यपि केही समय पछि आफू विवाह बन्धनमा बाँधिन लागेको कुरा साँचो भएको बताउँदै उनले यो कुरा प्रष्ट हुन केही महिना लाग्ने बताएका छन् ।

उनले केही व्यावहारिक पाटोको टुङ्गो लगाएपछि बाँकी कुरा सार्वजनिक गर्ने बताएका उनले अब आफ्नो विवाह पूर्वी नेपालमा हुने संकेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...