ओलीलाई ३८ बुँदे जवाफ दिने प्रचण्डको तयारी



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रस्ताव फिर्ता नलिने अडान दोहोर्याएका छन् ।

आइतबारको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो प्रस्तावमा सैद्धान्तिक राजनीतिक विषय मात्र रहेको उल्लेख गरेको एक नेताले बताए ।

‘यो मैले ल्याएको नितान्त राजनीतिक प्रस्ताव हो । यसलाई कसैले स्वीकार गरे पनि, नगरे पनि यो दस्ताबेज भइसक्यो अब । यसमै छलफल गरेर अब हामीले समाधानको खोजी गर्नुपर्छ । मैले मेरो प्रस्ताव ठीक र उहाँ (प्रधानमन्त्री)को बेठीक भनेको छैन । दुवै जनाको प्रस्तावमा छलफल गरौं ।

छलफलबाट योभन्दा अझ उच्चस्तरको राजनीतिक प्रतिवेदन तयार पारेर जान पनि सकिन्छ’, दाहालको भनाइ उद्धृत गर्दै स्थायी समितिका एक सदस्यले सञ्चारकर्मीसँग भने–‘अब प्रस्ताव फिर्ता लिऔं भनेर मात्र हुन्छ ? दुइटा अध्यक्षले मात्र मिलाएर मिल्ने विषय अब यो रहेन । यो सार्वजनिक भइसकेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै सार्वजनिक बहसको विषय भएर गइसक्यो । मेरो प्रस्तावमा सैद्धान्तिक राजनीतिक विषय मात्र छन् । पार्टी एकतायताका विषय समेटिएका छन् । तर, प्रधानमन्त्रीले ३८ पृष्ठको आफ्नो प्रस्ताव ल्याउनुभयो । त्यहाँ उहाँले पार्टी एकताभन्दा पहिलाका विषय पनि समेट्नुभयो । म त्यसको ३८ बुँदामा जवाफ दिन तयार नै छु । तर्कसंगत ढंगले यसलाई विस्थापन गर्न सकिएला तर फिर्ता हुँदैन ।’

यतिबेला सत्तारुढ दल नेकपामा शसक्त संघर्षले पार्टी एकता धरापमा परेको छ । आइतबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए । अध्यक्ष ओलीविनै बैठक बस्यो । तर, ओलीले पत्र पठाएर बैठकमा आफु अनुपस्थित हुनुको कारण खुलाए ।

ओलीले प्रचण्डको पत्र फिर्ता लिनुपर्ने आफ्नो मान्यता अझै यथावत् रहेको भन्दै स्थायी समिति सदस्यलाई पत्र लेखिरहँदा दाहालले भने आफ्नो प्रस्ताव फिर्ता नहुने अडान बैठकमा राखेका थिए ।

दुवै अध्यक्षका प्रस्ताव, दुवै अध्यक्षले एकापसमा गरेका पत्राचारसहितका सामग्री अध्ययनका लागि वितरण गर्दै बैठक २८ मंसिरसम्म स्थगन गरिएको छ । २५ कात्तिकमा तय भएको केन्द्रीय समिति बैठक पनि पछि सार्दै पुस ५ का लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...