राजतन्त्रको पक्षमा काठमाडौंमा पनि प्रदर्शन



हाम्रो इकोनोमि

 

राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ । राजतन्त्र पक्षधरहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डासहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गरेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

राजतन्त्र फर्काउन झापामा विशाल र्‍याली

मुलुकका विभिन्न शहरमा दिनहुँजसो राजसंस्था तथा हिन्दूराष्ट्रको पक्षमा प्रदर्शन भइरहेका छन् । राजतन्त्रको अन्त्य भएको १४ वर्षपछि राजावादीहरु यसरी जुर्मुराएका हुन् ।

काठमाडौँ,बुटवल,पोखरा, नेपालगञ्ज,सुर्खेत,धनगढी, जनकपुर,विराटनगरलगायत स्थानमा भएका प्रदर्शनमा हजारौँ सर्वसाधारणले सहभागिता जनाए । राजतन्त्रवादी दलहरु र हिन्दू राष्ट्रको माग गरिरहेका विभिन्न संस्थाहरुले स्वतस्फूर्त रुपमा यसखाले प्रदर्शन गरिरहेका छन् ।

देशैभर प्रदर्शनकारी सडकमा उत्रिन थालेपछि सरकार पनि अलमलमा देखिएको छ । अहिलेसम्म भएका प्रदर्शनमा सरकारले ठाडै हस्तक्षेप नगरे पनि आगामी कार्यक्रमहरु आयोजना हुन नदिनका लागि रणनीति बनाउन थालेको छ । प्रदर्शनलाई लक्षित गर्दै गृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयमा पत्र पठाइसकेको छ ।

प्रदर्शनकारीहरुले भने शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिँदै आएका छन् । हिन्दू राष्ट्र स्थापना र राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको प्रदर्शनमा राज्यले दमन गरे त्यसले अर्को जनआन्दोलनको रुप लिने राप्रपा नेता राजेन्द्र लिङदेन बताउँछन् । ‘कोरोनाको समयमा प्रधानमन्त्री, मन्त्री र अन्य नेताहरुले विभिन्न सभा–सम्मेलन गर्दै हिँड्दैछन्, जनताले गर्ने शान्तिपूर्ण प्रदर्शन रोक्न खोज्नुचाहिँ निन्दनीय बिषय हो,’ लिङ्देनले भने । नेकपा एमाले अध्यक्ष केपी ओलीसङ्ग तालमेल गरेर चुनाव जित्ने उनी राप्रपाका एक मात्र उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...