ओली र प्रचण्ड मिल्न नदिने नेपालको यस्तो षड्यन्त्र



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षबीच सहमति गरेर आफूहरुको अभियान नतुहाउन अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई सचेत गराउनु भएको छ । पार्टीभित्रको बिवाद समाधान गरी एकतालाई मजबुत बनाउन बिभिन्न प्रयाश अघि बढेपछि बरिष्ठ नेता नेपालले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सहमति हुनसक्ने संभावना रहेको निश्कर्षसहित कुनै सहमति नगर्न धम्की दिनुभएको एक नेताले जनताटाइम्सलाई जानकारी दिए ।

नेकपाको सचिवालय बैठक आज बस्दैछ । बैठकअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग समेत छुट्टाछुट्टै परामर्श गर्नुभएको छ भने दुई अध्यक्ष निकट नेताहरु सहमति जुटाउन लगातार गृहकार्यमा हुनुहुन्छ । गृहकार्य चलिरहेकै बेला नेता नेपालले अव ओलीसँग सहमति होइन, बहुमतका आधारमा निर्णय गरी दुवै पदबाट हटाउने अडानमा हुनुहुन्छ । नेता नेपालमा ओली हटाएर अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदमा आफू हुने मनोकांक्षा रहेको छ । नेकपाको बिधानमा महाधिवेशनअघि अध्यक्ष हटाउने कुनै ब्यवस्था नभए पनि नेपाल कू गरेर आफू स्थापित हुने अभियानमा हुनुहुन्छ । यहीकारण अव ओलीसँग सहमति नगर्न नेपालले प्रचण्डलाई धम्की दिनुभएको स्रोतले बतायो ।

‘माधव कमरेडले परिणाम जस्तोसुकै भए पनि भोग्न तयार रहने जनाएर ओलीसँग सहमति नगर्न आफ्नो बटमलाइन प्रचण्डलाई सुनाउनु भएको छ, दुई अध्यक्षबीच सहमति भए आफूले नमान्ने र ओलीलाई दुवै पदबाट हटाउनै पर्ने उहाँको कुरा छ,’ प्रचण्ड निकट रहेका नेकपा स्थायी कमिटीका एक सदस्यले जनताटाइम्ससँग भने । बरिष्ठ नेता नेपाल पार्टी एकताकै बेलादेखि आफ्नो छुट्टै समुह रहेकोले ओली र प्रचण्डबीचको सहमतिलाई नमान्ने धम्की दिँदै आउनुभएको थियो । दुवै पक्षका नेताहरु पार्टी एकता बचाउन दुवै अध्यक्षको संयुक्त दस्तावेजका लागि प्रयाशरत रहेपनि नेपाल र उहाँ पक्षधर नेता भने अध्यक्ष मिलेर कहाँ हुन्छ ? भन्दै प्रचण्डलाई घेरावन्दीमा राख्ने प्रयाशमा रहेको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...