कोरोना बीमाको रकम नदिने कम्पनीलाई ठगी मुद्धा चलाउने



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवम् केन्द्रीय सदस्य विष्णु रिजालले बीमा कम्पनीहरूलाई संगठित ठगी मुद्धा चलाउन माग गरेका छन् ।

नेता रिजालले शुक्रबार बिहान ट्वीट गर्दै रिजालले कोरोना बीमाको रकम दिन आनाकानी गर्ने बीमा कम्पनीहरूलाई संगठित ठगीविरुद्धको मुद्धा चलाएर कारबाही गर्न सरकारलाई सुझाव दिएका हुन् ।

‘बीमा कम्पनीहरूले कोरोना बीमाको रकम समयमै भुक्तानी नगरेर आफ्नो विश्वसनीयता नराम्ररी गुमाएका छन्’, रिजालले भने, ‘अर्थ मन्त्रालयले बारम्बार सहजीकरण र ताकेता गर्दा पनि बीमा रकम भुक्तानी गर्न आनाकानी गर्नुले उनीहरूको बीमितलाई दुःख दिने, झुलाउने र ठग्ने नियत झल्किन्छ ।’

‘भुक्तानी गर्न सकिंदैन भने बरू बीमा नै नगरे हुन्छ’, नेता रिजालले भने, ‘यस्ता कम्पनीहरूमाथि कठोर कदम चाल्दै संगठित ठगीमा मुद्दा चलाउनुपर्छ ।’

अर्थमन्त्री विष्णु पौडेलले पटक–पटक बीमा कम्पनीहरूलाई कोरोनाको बीमा रकम दिन निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले बिहीबार मात्रै निर्देशन दिँदै तीन दिनभित्र बीमा रकम दिनुपर्ने जनाएका छन् ।

तैपनि बीमा कम्पनीहरूले बीमा रकम दिएका छैनन् । विभिन्न बहाना बनाएर बीमा रकम दिन आलटाल गर्दै आएका बीमा कम्पनीहरूको विश्वसनीयतामाथि ठूलो प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...