भारतसँगको संवादहीनता अन्त्य भयो : परराष्ट्र मन्त्री ज्ञवाली



हाम्रो इकोनोमि

 

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग रहेको संवादहीनता अन्त्य भएको दाबी गरेका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै मन्त्री ज्ञवालीले नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको बताएका हुन्। उनले भारतीय पक्षबाट भएका भ्रमणले पनि त्यसलाई पुष्टि गरेको बताए।

‘सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू,’ उनले भने, ‘उहाँ रअ प्रमुखको रूपमा नेपाल आउनुभएको होइन। प्रधानमन्त्री (नरेन्द्र मोदी)को सन्देश लिएर आउनुभएको हो।’ मन्त्री ज्ञवालीले यसअघि पनि कहिले व्यापारी अनि कहिले धार्मिक, साँस्कृतिक, नागरिक समूह प्रयोग हुने गरेको बताए।  उनले रअ प्रमुखको भ्रमणलाई ठूलो विषय बनाउन नहुने भन्दै गोयलको भ्रमण अपारदर्शी भएको भन्न नमिल्ने तर्क गरे।

 

‘नेपाल-भारतबीच लामो समयदेखि रहेको संवादहीनता अन्त्य भयो। नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको हो,’उनले भने,’दोस्रो सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेका छन्। नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेन्डाका रूपमा राखेको छ।’  मन्त्री ज्ञवालीले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण नियमित प्रक्रिया भएको बताए।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...