कोरोनाको भ्याक्सिन विश्वव्यापी सार्वजनिक हुनुपर्छ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेका बेला उपलब्ध हुने कोरोनाविरूद्धको खोप विश्वव्यापी साझा सम्पत्ति हुनुपर्ने बताएका छन् ।

कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानव जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘सम्पूर्ण मानवता संकटमा रहेको बेला जीवन बचाउने भ्याक्सिन नाफा कमाउने माध्यम हुन नसक्ने कुरामा हामी दृढ विश्वास गर्छौं । ती सबै व्यक्ति र देशको पहुँच र क्षमता पुग्ने विश्वब्यापी सार्वजनिक सम्पत्ति हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताए ।

अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्‍याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गरे ।

कोभिड–१९ लाई कै केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्‍याइएको थियो ।

अहिलेको संकटले पाठ सिकाएको बताउँदै ओलीले भनेका छन्, ‘यो संसार सानो डुंगा हो, हामी सबै यसका यात्रु हौं ।’

कोरोना महामारीबारेको विशेष सेसनमा ३७ देशका प्रमुख र ३९ जना सरकारका प्रमुखसहित विश्वका १५५ नेताहरुले सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...