ज्ञानेन्द्रकै शैलीमा सत्ता ‘कू’ गर्ने माधव नेपालको योजना, (भिडियोसहित)



 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको अभियान तात्कालिन राजा ज्ञानेन्द्रकै शैलीमा पार्टी र सत्तामा ‘कू’ गर्नकै लागि भएको तथ्य सार्वजनिक भएको छ ।

जननेता मदन भण्डारी फाउण्डेशनको चर्काे बिरोध गर्दै आउनुभएका बरिष्ठ नेता नेपालले त्यस्तै अर्काे संस्थाले आयोजना गरेको आफू निकटको भेलामा आफ्नो ‘कू’ को योजना सार्वजनिक गर्नुभएको हो । नेकपाभित्रको पछिल्लो बिवादको बिषयमा आफ्नो धारणा राख्दै बरिष्ठ नेता नेपालले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले मनोनीत गरी बनाएको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीबाटै निर्णय हुने तर महाधिवेशनमा भने नलाने बताउनु भयो ।

संबिधानको सर्वाेच्चतालाई तात्कालिन राजा ज्ञानेन्द्रले अस्वीकार गरेजसरी नै बरिष्ठ नेता नेपालले बिवाद समाधानको सर्वाेच्च निकाय महाधिवेशन भएको तथ्यलाई अस्वीकार गर्नुभयो । ‘सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीबाटै बिवादको टुंगो लगाउनु पर्छ, महाधिवेशन भनेको त औपचारिकता पूरा गर्ने थलो मात्रै हो, त्यहाँ लैजान हुँदैन,’ नेपालको भनाई थियो । नेता नेपालले नेकपाको मनोनीत सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा आफूहरु बहुमतमा रहेकोले ओलीलाई हटाइ हाल्ने, महाधिवेशनमा भने ओलीसँग जित्न नसकिने निश्कर्ष यसअघि नै सुनाइ सक्नुभएको छ ।

‘जे बिवाद वा प्रस्ताव छन, त्यसलाई महाधिवेशनमा लैजान सकिदैन, ती बिषयलाई सचिवालयले टुंगो लगाउन सकेन भने स्थायी कमिटीले टुंगो लगाउँछ, स्थायी कमिटीले पनि टुंगो लगाउन सकेन भने केन्द्रीय कमिटीले टुंगो लगाउँछ । केन्द्रीय कमिटीले त टुंगो लगाउनै पर्छ,’ महाधिवेशन भन्दा बाहिरबाट पार्टी नेतृत्व र चुनावभन्दा बाहिरबाट सरकारको नेतृत्व हटाउने आफ्नो अर्जुनदृष्टि राख्दै नेपालले भन्नुभयो, ‘किनभने महाधिवेशन भनेको त औपचारिकता पूरा गर्ने थलो हो । त्यहाँ समाधान आउँदैन बिवादको छिनोफानो गर्न महाधिवेशनमा लग्यो भने सुखद परिणाम ल्याउँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मृगौला प्रत्यारोप गरी स्वस्थ हुँदै गएपछि बरिष्ठ नेता नेपालले महाधिवेशनमा पराजीत गर्न नसक्ने भन्दै त्यसअगावै कू गर्ने योजनामा रहेको तथ्य  यसअघि नै सार्वजनिक गरिसकेको छ । नेता नेपालले चैतमा महाधिवेशन तोकिसकेको अवस्थामा महाधिवशन हुने आधार नै नभएको र नहुने घोषणा पनि गर्नुभएको छ । ‘महाधिवेशन हुने आधार नै छैन, सदस्यताका चर्का बिवादहरु छन, यी बिवादहरु कति बढदै जानेहुन, एकीकरणको कामै भएको छैन,’ नेपालले भन्नुभएको छ, ‘यो एकीकरण गर्नका लागि गर्नुपर्ने न्यूनतम आधारमा टेक्ने काम भएको छैन ।’

आफू १५ बर्ष पार्टीको सत्तामा रहँदा कत्लेयाम गरी राजनीतिक जीवन नै समाप्त पारेको कारण एकता गर्दा केन्द्रीय सदस्य हुँदाको बरिष्ठताको आधारमा र बिगतमा जिल्ला र प्रदेश कमिटीमा बसिसकेको ब्यक्ति मात्रै योग्य हुने गर्दै पार्टीको संगठित सदस्यता प्राप्तीको आधारमा बनाइनु पर्ने बरिष्ठतालाई भने अस्वीकार गर्दै आउनु भएको छ । अयोग्य र सांस्कृतिक र बैचारिक रुपमा निकम्मा भएपनि आफ्नो पालामा अवसर दिएकाले मात्रै अहिले पनि अवसर पाउनुपर्ने नेपालको तर्क छ । त्यसो गर्दा नेपालले चाहेका ‘एसम्यान’ मात्रै नेकपाभित्र अटाउँछन ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस
जसरी भएपनि सरकार पूरा अवधि चल्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसरी भए पनि सरकारलाई पूरा अवधि चलाउने

६ जना सांसद लिएर पार्टी फुटाउँदै झलनाथ

     पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ  खनालले एकीकृत समाजवादीबाट

जसपा फुटाउन धेरै खर्च गरिएको देखियो : उपेन्द्र

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको बहुमत सदस्य

गैरकानूनी ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो : उपेन्द्र यादव

     जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईले आफ्नो