बिहेको जन्ती चढेको गाडी दुर्घटना



हाम्रो इकोनोमि

 

 

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

गोदावरी नगरपालिका ४ गाइमारामा बुधबार राति सु प प्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बैतडीको दोगडाकेदारबाट कञ्चनपुरको बेलौरी आउँदै गरेको गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परी कञ्चनपुरको बेलौरी नगरपालिका-३ का २१ वर्षीय दुलहा गोविन्द लुहार र बैतडीको दोगडाकेदार गाउँपालिका- की १९ वर्षीया दुलही डम्मरा लावड घाइते भएका छन् ।

त्यस्तै बेलौरी नगरपालिका ३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिस लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका-८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार-६ का २० वर्षीय अर्जुन लुहार घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका-३ का ७ वर्षीय प्रदीप चौधरी,बेलौरी नगरपालिका-३ का २७ वर्षीय निर्मल चौधरी, २५ वर्षीया राधा चौधरी, दोगडाकेदार गाउँपालिका-६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिका-३ बस्ने २१ वर्षीय राजु कार्की र चालक वीरबहादुर सार्की घाइते भएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते १३ जना मध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको अत्तरियामा रहेको पद्यमा अस्पताल र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...