अर्को बैठक २० गते बस्नेगरी सचिवालय स्थगित



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएसँगै बैठक स्थगित भएकाे छ । सबै सचिवालय सदस्यकाे उपस्थिति रहेपनि ओली अनुपस्थित रहेका कारण बैठक स्थगित भएकाे हाे । अब अर्काे बैठक ईण गते दिउँसाे १ बजे बस्ने तय भएकाे छ ।

आजकाे बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रस्ताव र त्यसको प्रतिउत्तरमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको जवाफी प्रस्तावमा छलफल हुने तय भएकाे थियाे ।

प्रस्तावमा हिजोको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राख्ने कार्यसूची थियाे। नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि सचिवालयमा अध्यक्षद्वयले आरोप प्रत्यारोपसहित प्रस्तावहरु पेश गरेका छन् ।

प्रचण्डको प्रस्तावमा छलफल हुन नसक्ने बताउँदै ओलीले हिजोको बैठकमा यस्ता बैठकको काम छैन भनेर अभिव्यक्ति दिएका थिए । यसअघि दिउँसो एक बजेका लागि तय भएको बैठक महासचिव विष्णु पौडेलको आपतकालीन बैठकका कारण एक घन्टापछि सरेको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...