वीर अस्पताल अघिल्तिरको गेटमै ढल



हाम्रो इकोनोमि

 

 

केही दिनयता वीर अस्पताल निकै चर्चामा आइरहेको छ । कोभिड- १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीले सेवा सुविधा नपाएको भनेर चर्चामा रहेको वीर अस्पताल अहिले ढलका कारण चर्चामा छ।

देशकै जेठो अस्पतालको अघिल्तिर गेटमै ढल बगेको छ । उपचारका लागि पुग्ने बिरामी, उनीहरुका आफन्त अनि बाटो हिँड्ने बटुवा ढलमा परिन्छ कि भनेर छेउ कुना फड्कँदै, नाकमुख छोप्दै हिँड्न थालेका छन्।

तर यस विषयमा न वीर अस्पतालले सम्बन्धित निकायलाई दबाब दिन सकेको छ, न जिम्मेवार निकाय काठमाण्डौ महानगरपालिका र काठमाण्डौ खानेपानी लिमिटेडले नै चासो देखाएका छन् । नागरिकलाई अफ्ठ्यारो नपार्ने र महानगरलाई सुन्दर बनाउने दाबी गर्दै आएको महानगर यसबारे बेखबर जस्तै बनेको छ ।

नवलपरासीको रामग्राम नगरपालिकासँगको भगिनी सम्बन्ध गाँस्न दौडधुपमा रहेका महानगरका प्रतिनिधिले आफ्नै घर नजिकैको आँगन फोहोर भएको चाल पाएका छैनन् । महानगरपालिकाका उपमेयर हरिप्रभा खड्की श्रेष्ठ भन्नुहुन्छ, ‘सबै कुरा महानरपालिकालाई मात्रै दोष दिनुपर्छ भन्ने छैन, हामी भगिनी सम्बन्ध स्थापनाको कामका सिलसिलामा नवलपरासीमा थियौँ । हिजो मात्रै काठमाण्डौ आएका छौं । यसबारे हामीलाई थाहा नै थिएन । सामाजिक सञ्जालभरि फोटो देखेपछि बल्ल चाल पाएका हौँ ।’

उहाँले ढल जमेको थाहा पाएपछि यसको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिइसकेको बताउनुभयो । काठमाण्डौ महानगरपालिका र काठमाडौ खानेपानी लिमिटेडको लापरबाही र बेवास्ताका कारण नागरिक नाक थुनेर हिँड्न बाध्य छन् ।

महानगरपालिकाले ढलको निकासाका लागि निर्देशन दिए पनि यस विषयमा काठमाण्डौ खानेपानी लिमिटेडले कुनै प्रतिक्रिया दिएको छैन । ढल व्यवस्थापनका लागि निर्देशन दिएको बताउने महानगरपालिको निर्देशन कति दिनमा कार्यान्वयनमा आउला त्यो भने हेर्न बाँकी नै छ । तर, पटक पटक हुने यस्ता लापरबाही र बेवास्ताका कारण महानगरवासी भने आजित भएका छन् ।

केही समयअघि खुलामञ्चमा कोरोना महामारीका कारण चपेटामा परेका गरीब तथा विपन्न नागरिकले निःशुल्क खाना खाइरहँदा सौन्दर्यमा असर परेको बताउने महानगरलाई अहिले ढल जम्दा भने असर परेको देखिँदैन ।

महानगरवासीले सोध्न थालेका छन् : खुलामञ्चमा भोका मान्छेले भात खाँदा लाज हुने महानगरलाई वीर अस्पताल अगाडिको ढल देख्दा घिन लाग्दैन ?

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...