जयराजपूरमा ग्यास सिलिन्डर र चुल्हो वितरण



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिका-८, जयराजपूरमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् । आज जिल्लाको उत्तर-पश्चिम भेगमा अवस्थित गुजरा नगरपालिकाको जयराजपूरमा नेकपा नगर कमिटीद्वारा आयोजित औपचारिक कार्यक्रममार्फत ३ सय परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।

कार्यक्रममा संघीय सांसद समिना हुसेनले खाना पकाउनमा सहजता ल्याउन तथा धुवाँका कारण स्वास्थ्यमा हुने असर न्युनीकरण गर्न सांसद साहको धुवाँ चुल्हो मुक्त अभियानले ठूलो भुमिका खेलेको भन्दै प्रसंशा गरिन् । प्रतिनिधिसभाको निर्वाचन ताका सांसद साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए ।

सोही अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् । यसअघि यस क्षेत्रको मौलापुर नगरपालिका तथा फतुवा विजयपूर नगरपालिकाका सबै स्थानमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण भई धुवाँमुक्त नगर घोषणा भईसकेको छ । त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांस गाउँमा ग्यास सिलिन्डर वितरण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...