वर्षमान पनि ओलीकै लाइनमा, छोडे प्रचण्ड क्याम्प



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न गरेको प्रस्तावको पक्षमा ऊर्जामन्त्री वर्षमान पुन खुलेका छन् । नेतृत्व पुस्तान्तरणबारे नेकपाका दोस्रो पुस्ताका नेता मौनप्रायः देखिरहेका बेला प्रचण्डनिकट मानिने पुन ओलीको कित्तामा उभिएका हुन् ।
सोमबार रोल्पाको लाँकुरीमा ३३÷११ केभी सवस्टेशन उद्घाटन गर्न पुगेका उनले युवाहरु सरकार र पार्टी दुवैको नेतृत्व लिन तयार रहेको बताए । तर यसका निम्ति दुवै अध्यक्षले सहमतिमा निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

‘नेकपाका युवा नेता पार्टी र सरकार दुवैको नेतृत्व लिन तयार छन्,’ पुनले भने, ‘तर त्यसका लागि दुवै अध्यक्षबीच सहमति हुनुपर्छ ।’ सहमतिमा नेतृत्व हस्तान्तरण गरे पार्टीका शीर्ष नेतालाई अभिभावकका रूपमा सम्मान गरेर राख्ने उनले बताए ।

यद्यपि, उनले यो विषय आवेगत र उत्तेजनामा नभई विवेकसम्मत ढंगले गर्नुपर्ने बताए ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव गरेपछि नेकपामा तरंग आएको छ । उनले गरेको प्रस्तावमा प्रचण्ड प्रतिक्रियाविहीन देखिएका छन् भने दोस्रो पुस्ताका नेताले पनि बहस र दबाब बढाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...