अब दुई अध्यक्ष मिलेर मात्र समस्या हल हुँदैन : नेता नेपाल



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्ष मिलेपछि भइगयो भन्ने बुझाइकै कारण पार्टीभित्र समस्या बढ्दै गएको बताएका छन् । उनले अहिलेको समस्यालाई दुई अध्यक्षबीचको मात्रै भनेर नबुझ्न समेत आग्रह गरेका छन् ।

शनिबारको सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) मिल्नुपर्ने भनी महासचिव विष्णुप्रसाद पौडेलले राखेको प्रस्तावको जवाफमा नेता नेपालले भने ‘एकता जोगाउनेबारे कार्यकर्तामा चिन्ता छ, तर समस्या हल गर्न दुई अध्यक्ष मिलेर मात्रै हुँदैन ।’

यसअघि पनि दुई अध्यक्ष बीच सहमति गरेर एकता प्रक्रिया अगाडि बढाउने गरिएको थियो । त्यसलाई नेता नेपालले ‘चोचोमोचो’को संज्ञा दिँदै आएका छन् । शनिबार पनि नेपालले अहिले देखिएको समस्या दुई अध्यक्षको मात्रै नभएर पार्टीकै भएको बताएका थिए । ‘पार्टी कमिटीले निर्णय गरेर समस्या हल हुन्छ, कुनै व्यक्तिहरु मिलेर मात्रै हुँदैन’, नेपालको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

विगतमा माइन्युट च्यात्नेसम्मको काम बैठकमै भएको सम्झाउँदै नेपालले भनेका थिए, ‘बैठकले निर्णय गर्ने भएपछि नेतृत्वले माफी माग्छु भन्दा समेत माफी नदिएर कारबाही गरिएको थिएन ? पार्टी त फुटेको थिएन ।’ अहिले पनि अमूक व्यक्तिको कारण पार्टी नफुट्ने उनको भनाइ थियो ।

प्रधानमन्त्रीकै कारण पार्टीमा संकट आएको नेता नेपालले बताएका थिए । ‘बैठक बस्नु पर्‍यो भन्दा अध्यक्ष (ओली) ले पदलोलुपको आरोप लगाएर पत्र लेख्न मिल्थ्यो ? बैठक बोलाएको भए कुरै सकिन्थ्यो’, नेपालले भनेका थिए । अब पार्टी कमिटीले गर्ने निर्णय दुई अध्यक्षले मान्नुको विकल्प नभएको उनको भनाइ छ ।

गएको साउनमा पनि ओली र प्रचण्ड बीच अनौपचारिक सहमति जुटेपछि नै कार्यदल मार्फत् सहमतिको १५ बुँदे प्रस्ताव तयार पारिएको थियो । जसलाई भदौ २६ मा बसेको स्थायी कमिटी बैठकले निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...