चीनका रक्षामन्त्री वेई काठमाडौंमा



हाम्रो इकोनोमि

 

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङहे आफ्नो एकदिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि मात्र त्रिभुवन विमानस्थल झरेका हुन् ।

नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर उनी नेपाल आएका हुन् । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ को अक्टोबर (१२–१३) मा नेपालको भ्रमण गरेयता कुनै पनि उच्च चिनियाँ अधिकारी नेपाल आएका थिएनन् । रक्षामन्त्री वेई राष्ट्रपति सीका नजिकका पात्र मानिन्छन् ।

वेई सुरुमा चिनियाँ राजदूतावासमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । सैनिक स्रोतका अनुसार त्यसपछि करिब २ बजे उनी सैनिक मुख्यालय जंगी अड्डामा पुग्नेछन् जहाँ उनलाई नेपाली सेनाले गार्ड अफ अनरले सम्मान गर्नेछ ।

त्यसपछि वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय भेटवार्ता गरेपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...