बालुवाटार छिरे देउवा, खुमलटारलाई ‘ज्वरो’



हाम्रो इकोनोमि

 

पार्टीभित्र चरम असहयोग भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग पछिल्लो समय सम्बन्ध सुधारको प्रयास गरेका छन् ।

प्रधानमन्त्री ओलीले कांग्रेसका नेता गोपालमान श्रेष्ठमार्फत देउवासँग सम्वाद र छलफलहरू गरिरहेको उच्च स्रोतले जनाएको छ । श्रेष्ठमार्फत ओलीले देउवासँग गरिरहेको सम्वादका विषयमा केही भनिएको छैन ।

यद्यपि, ओली र देउवाबीच मुलुकको राजनीतिक अवस्थाकै विषयमा छलफल भएको हुन सक्छ ।

ओलीलाई पार्टीभित्रैबाट नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले असहयोग गर्दै आएका छन् ।

शनिबारमात्रै प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उप–नेता सुवास नेम्वाङसहित प्रमुख विपक्षी दलका नेता देउवा र केन्द्रीय सदस्य रमेश लेखकसँग परामर्श गरेका थिए ।

ओलीले देउवासँग शनिबार गरेको भेटवार्ता र छलफलबाट नेकपा र कांग्रेसभित्र खैलाबैला भएको थियो । कांग्रेसले ओलीसँग सत्तासाझेदार वा अन्य गलत कुरा केही पनि नभएको जनाइसकेको छ । कांग्रेसले तत्काल सरकारमा जाने कुनै योजना नरहेको जनाएको छ ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा र सरकारको आन्तरिक किचलोमा कांग्रेसको कुनै स्वार्थ नरहेको जनाइसकेका छन् । सरकारमा जाने कुरा अहिलेलाई सम्भावना नरहेको समेत सिटौलाले स्पष्ट बनाइसकेका छन् ।

ओलीले देउवासँग संवैधानिक आयोगहरूको नियुक्तिको विषयमा छलफल गरेको हुन सक्ने कांग्रेसका एक नेताको दाबी छ । ती नेताले भने, ‘प्रधानमन्त्री ओलीज्यूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिहरूको विषयमा इच्छुक देखिनुभएको छ । सायद त्यही विषयमा कुरा भएको हुन सक्छ ।’

कांग्रेसको तर्फबाट अख्तियारमा आयुक्त बन्ने सूचीको चर्चामा नेपाल प्रहरीका पूर्व डीआईजी जयबहादुर चन्द र राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दिलीप रेग्मीको नाम रहेको छ ।

ओलीले देउवा निकटका नेताहरूसँग गरेको सम्वाद र भेटाघाटबाट नेकपाका दोस्रो वरीयताका अध्यक्ष दाहाल झस्किएका छन् । खुमलटारले ओली र देउवालाई नजिक हुन नदिने रणनीति बनाएको चर्चा पनि छ ।

मंसिर १३ गतेको सचिवालय बैठकमा दाहालले ओलीविरुद्ध विभिन्न लाञ्छनाहरू लगाएर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि नेकपाभित्र तनाबको अवस्था छ । दाहालले त्यो प्रतिवेदनलाई पुस्तकका रुपमा छपाइ गरेर तल्ला कमिटीहरूमा पठाउन थालेपछि ओली–दाहालको दुरी बढेर गएको छ ।

दाहाल समूहले ओलीको बदनाम गर्न हरेक हत्कण्डाहरू अपनाइरहेको छ । प्रमुख विपक्षी दलको नेतालाई भेटेको कुरालाई पनि दाहाल समूहले फूलबुट्टा भरेर बाहिर ल्याउने गरेको छ । खुमलटार केही दिनयता कांग्रेसको बदनाम गराउने गरेर सक्रिय भएको कांग्रेस नेताहरूको आरोप छ ।

कांग्रेसका एक नेताले नेकपाका दोस्रो वरीयताका अध्यक्ष दाहालले सभापति देउवालाई फकाएर आफ्नो पक्षमा बनाउन खोजेको आरोप पनि लगाएका छन् । तर, कांग्रेसले नेकपा र सरकारको आन्तरिक किचलोमा नपर्ने यसअघि नै जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...