नेप्से ६४ अंकले बढ्यो, सबै हरियाली



हाम्रो इकोनोमि

 

सेयर कारोबार मापक नेप्से परिसूचक ६४ अंक भन्दा धेरैले बढेको छ । साताको चौथौं कारोबार दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८८ अंकमा पुगेको हो ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि उकालो लागेको छ । सेन्सेटिभ इन्डेक्स १२ दशमलव ९६ अंकले बढेर ३ सय ६२ दशमलव ३४ अंकमा पुगेको छ ।

कारोबार रकम ५ अर्ब नाघेको छ भने ३ वटा कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको छ । शिवम् सिमेन्ट, एनएमबि माइक्रोफाइनान्स र बिशाल बजार कम्पनीको सेयर मूल्इ १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।

दिनभर भएका ४० हजार ७ सय ६५ कारोबारबाट १९६ कम्पनीका १ करोड ४४ लाख १८ हजार १ सय २० कित्ता सेयर किनबेच भएका छन् । जसबाट ५ अर्ब १३ कराेड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बुधबार नेप्सेमा कारोबार हुने १३ उपसमूहहरु मध्ये होटल १ दशमलव ०२ अंकले ओरालो लागेको छ भने बाँकी सबै समूहहरु बढेर हिरयो देखिएका छन् । सबैभन्दा धेरै व्यापार ७ दशमलव ९३ प्रतिशत अर्थात १ सय ७९ दशमलव ९९ अंकले बढेको छ ।

यसैगरी बैंकिङ ४०.४ अंकले, विकास बैंक २९.१८, जलविद्युत् २४.७८, फाइनान्स १५.२८, निर्जिबन जीवन बिमा ३१६.६९, उत्पादनमूलक ३००.३३, लघुवित्त १०६.८६ र जीवन बिमा १९०.४३ अंकले उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...