नेप्से ६४ अंकले बढ्यो, सबै हरियाली



हाम्रो इकोनोमि

 

सेयर कारोबार मापक नेप्से परिसूचक ६४ अंक भन्दा धेरैले बढेको छ । साताको चौथौं कारोबार दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८८ अंकमा पुगेको हो ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि उकालो लागेको छ । सेन्सेटिभ इन्डेक्स १२ दशमलव ९६ अंकले बढेर ३ सय ६२ दशमलव ३४ अंकमा पुगेको छ ।

कारोबार रकम ५ अर्ब नाघेको छ भने ३ वटा कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको छ । शिवम् सिमेन्ट, एनएमबि माइक्रोफाइनान्स र बिशाल बजार कम्पनीको सेयर मूल्इ १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो ।

दिनभर भएका ४० हजार ७ सय ६५ कारोबारबाट १९६ कम्पनीका १ करोड ४४ लाख १८ हजार १ सय २० कित्ता सेयर किनबेच भएका छन् । जसबाट ५ अर्ब १३ कराेड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बुधबार नेप्सेमा कारोबार हुने १३ उपसमूहहरु मध्ये होटल १ दशमलव ०२ अंकले ओरालो लागेको छ भने बाँकी सबै समूहहरु बढेर हिरयो देखिएका छन् । सबैभन्दा धेरै व्यापार ७ दशमलव ९३ प्रतिशत अर्थात १ सय ७९ दशमलव ९९ अंकले बढेको छ ।

यसैगरी बैंकिङ ४०.४ अंकले, विकास बैंक २९.१८, जलविद्युत् २४.७८, फाइनान्स १५.२८, निर्जिबन जीवन बिमा ३१६.६९, उत्पादनमूलक ३००.३३, लघुवित्त १०६.८६ र जीवन बिमा १९०.४३ अंकले उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...