बैंकहरुले एटीएम बुथमा पैसा हाल्न छाडे



हाम्रो इकोनोमि

 

सेवाग्राहीलाई चाहिएको बेला रकम झिक्न सजिलो होस् भनेर बैंक तथा वित्तीय संस्थाहरुले ठाउँठाउँमा एटीमएम बुथ राखेका हुन्छन् । तर, सोही एटीएम बुथको सेवा प्रभावकारी हुन नसक्दा पछिल्लो समय सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो आउन थालेको छ । एटीएममा पैसा झिक्न जाँदा कहिले पैसा हुँदैन त कहिले बिग्रेको अवस्थामा भेटिन्छ । बिग्रेको एटीएम पनि लामो समयसम्म बनेको पाइँदैन । अन्तरबैंकिङ एटीएम कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था भएसँगै बैंकहरुले एमीएमबाट दिने सुविध पनि प्रभावकारी नबनाएका हुन् ।

जुनसुकै एटीएम बुथबाट जुनसुकै बैंकको बैंकको एटीएम कार्ड राखेर पैसा निकाल्दा शुल्क नलाग्ने भएपछि केही बैंकहरुका एटीएमको सेवा प्रवाहमा समस्या भएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्था सँगै बैंकहरुले समेत एटिएएम सेवा प्रवाहमा सुस्तता देखाएका हुन् ।

ललितपुरको बालकुमारीस्थित नबिल बैंकको एटीएम बिग्रेको लामो समय भयो तर अझै बन्न सकेन । यस्तै बालाजुको नेपालटारमा रहेको प्राइम बैंकको एटीएम बुथको हालत पनि उस्तै छ । नेपालटारको प्राइम बैंकको सो बुथ आक्कलझुक्कल मात्रै चल्छ भने अधिकांश समय सेवा अवरुद्ध नै हुन्छ । यसैगरी नेपालटारकै सिद्धार्थ बैंकको एटीएम बुथ पनि बिग्रेको भन्दै बन्द गरिएको लामो समय भइसक्यो । यता सामाखुसीको एक बैंकको एटीएम बुथमा रकम निकाल्न जाँदा कहिल्यै पैसा निस्कँदैन ।

यी त प्रतिनिधि उदाहरणमात्रै हुन्, पछिल्लो समय एटीएम बुथबाट पाइने सुविधा टिठलाग्दो छ । कोरोना महामारीबाट सचेत रहन अपनाइनुपर्ने सामान्य मापदण्ड समेत एटीएममा देखिदैन् । उपत्यका भन्दा बाहिरका एटीएम बुथमा यस्तो समस्या झनै बढी रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...