यी हुन् १५ करोड काण्ड गर्ने ‘प्रचण्ड’का खास सहयोगी, रहला अध्यक्ष पद ?



हाम्रो इकोनोमि

 

नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँले १५ करोड रुपियाँ हिनामिना गरेको आरोप लागेको छ । समितिका ११ जना सदस्यहरूले गृहमन्त्री रामबहादुर थापालाई भेटेर ज्ञापन पत्र बुझाइ अध्यक्ष मियाँलाई पदबाट हटाउन माग गरेका छन् । उनीहरूले मंसिर ८ गते गृहमन्त्रीका साथै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई पनि हज समितिको अनियमितताका विषयमा जानकारी दिएका छन् ।

गृहमन्त्री र आयोगका अध्यक्षलाई बुझाइएको ज्ञापन पत्र समितिका सदस्यहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पनि बोर्धाथ दिएका छन् ।

नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँबाट राष्ट्रिय बाणिज्य बैंकमा रहेको हाजीको हज यात्राका लागि जम्मा रकम विना सूचना तथा विना सल्लाहमा एकलौटी रुपमा गलत नियतवस ब्याजको लोभमा सनराइज बैंकमा लगि जम्मा गरेको भनेर समितिका ११ जना सदस्यहरूले आरोप लगाएका छन् ।

हज समितिको भावना विपरित कुन मनसायले नियम कानूनको प्रवाह नगरी रु. १५ करोड रकम आफू खुसी प्राइभेट बैंकमा जम्मा गरेको हो भनेर समितिका सदस्यहरूले गम्भीर प्रश्न उठाएका छन् ।

उनीहरूले अध्यक्ष मियाँको कार्यमा आपत्ति जनाउँदै छानविन गरेर काराबहीको माग गरेका छन् । उनीहरूले गृह सचिवलाई पनि ज्ञापन पत्र बुझाएका छन् ।

हज यात्राको समयमा आवास तथा हाजीहरूको खाना व्यवस्थापनमा समेत आर्थिक अनियमितता गरेको भन्दै समितिका सदस्यहरूले तत्काल समितिको अध्यक्ष पदबाट पदमुक्त गरि आवश्यक कारबाही अगाडि बढाउन अनुरोध गरेका छन् ।

समितिका अध्यक्ष मियाँले हाजका क्रममा तीन करोड रुपियाँ भ्रष्टाचार गरेको आरोप छ ।

समितिका सदस्यहरू नजीबुल्लाह अन्सारी, आसिकल इलाही, मो. अकवर गद्धी, मो.फिरोज अन्सारीलगायत ११ जना रहेका छन् ।

समितिका अध्यक्ष मियाँ तत्कालीन माओवादी कोटाबाट अध्यक्षमा मनोनीत भएका थिए । मियाँ नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् ।

समितिका ११ जना सदस्यहरूले लगाएको आरोपका विषयमा अध्यक्ष मियाँसँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन दैनिक नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...