प्रचण्डसँग किन रिसाए माधवकुमार नेपाल ?



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं वरिष्ठ नेता माधवकुमार नेपाल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट बनेका छन् ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरणपछि पार्टीभित्र एउटै समूहमा अनुबन्धित भएर पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गतिविधि सञ्चालन गर्दै आएका नेता नेपाल प्रचण्डको पछिल्लो कार्यशैलीबाट रुष्ट बनेका हुन् ।

खासगरी प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा पेश गरेको ‘राजनीतिक प्रस्ताव’ पुस्तकका रुपमा छपाई गरेर पार्टीको तल्लो कमिटीसम्म पठाउन थालेपछि उनी प्रचण्डसँग रिसाएका हुन् । प्रचण्डले उक्त राजनीतिक प्रस्तावलाई ‘राजनीतिक दस्तावेज’ भन्दै छपाई गरेर पार्टीका विभिन्न कमिटीगत तहमा पठाएका छन् ।

उनले त्यो प्रस्तावलाई सचिवालय बैठकमा आफूले प्रस्तुत गरेको ‘राजनीतिक दस्तावेज’ भनेर पार्टीको तल्लो तहसम्म पठाइरहेका छन् । यद्यपि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने उक्त प्रस्तावलाई ‘आरोपपत्र’को संज्ञा दिँदै आएका छन् ।

बैठकमा पेश भएको उक्त प्रस्तावमाथि प्रधानमन्त्रीको जवाफ नआउँदै पुस्तकको रुपमा प्रकाशन गरेर तल्लो कमिटीमा पठाएपछि वरिष्ठ नेता नेपालले आपत्ति सोत जनाएका छन् । त्यसलाई सचिवालयले निर्णय गरेर मात्रै पठाउन सकिने भन्दै उनले त्यस्तो हर्कतलाई रोक्न आग्रह समेत गरेका छन् ।

यद्यपि, उक्त प्रस्ताव ‘झूटहरुको पुलिन्दा’ भएको भन्दै अध्यक्ष ओलीले कुनै जवाफ नदिने बताउँदै आएका छन् ।

नेता नेपालले पनि आफूहरुसँग सल्लाह नै नगरी एकलौटी रूपमा आरोपपत्रलाई तल्लो तहको कमिटीमा लगेकाले यो राम्रो संकेत नभएको बताएका छन् । प्रचण्डले गत कात्तिक २८ गते पेश गरेको २८ पृष्ठ लामो प्रस्तावलाई पुस्तकको आकार दिई प्रदेश र जिल्ला कमिटीमा पठाएका छन् ।

प्रचण्डको कदमले पार्टी विभाजनतर्फ लैजाने नेता नेपालको धारणा छ । आफूहरुले अध्यक्ष ओलीको कार्यशैली सच्चाउने तथा पार्टीलाई विधि, पद्धती र कमिटीसम्मत तरिकाले चलाउनका लागि मात्रै उक्त प्रस्ताव दर्ज गरेको तर, पुस्तक नै बनाएर वितरण गर्नुमा आफ्नो संलग्नता र समर्थन नरहेको नेता नेपालले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...