प्रचण्डले भने – साझा प्रस्ताव आउने सम्भावना छैन



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले तयार पारेको प्रतिवेदनले नराम्रो नभएको बताएका छन् ।

स्थायी कमिटी सदस्यहरु हरिबोल र टोपबहादुर रायमाझी प्रचण्डलाई भेट्न सोमबार विहान खुमलटार पुगेका थिए । दुबै नेताले पार्टी विभाजनसम्म जान नहुने बताएका छन् ।

जवाफमा प्रचण्डले कात्तिक २८ मा आफूले पेश गरेको प्रतिवेदनले पार्टी फुटसम्म नजाने बताएका छन् । ‘मनमा कुरा गुम्साएर राख्नु भन्दा जानकारी भएकै राम्रो हो’ उनले भनेका छन्, मेरो प्रस्ताव छँदैछ, ओलीजीले पनि ल्याउनु हुन्छ । छलफल हुन्छ र कसरी अगाडि बढ्ने भन्ने निर्णय हुन्छ ।’

तर अहिले साझा प्रस्ताव आउने सम्भावना नरहेको प्रचण्डको भनाइ थियो । एउटा प्रतिवेदन आइसकेपछि त्यसको जवाफ आउँदा नै समाधान खोज्न पनि सजिलो हुने उनले बताए ।

गजुरेल र रायमाझीले भने पार्टी विधि र पद्दतिमा चल्नुपर्ने भएपनि अहिले एकता जोगाउनुपर्ने सुझाव दिएका थिए । ‘पार्टीलाई फुटबाट जोगाएर विधि र पद्धतिमा चल्ने अवस्थामा लैजानुपर्छ भन्ने सुझाव दिऔं’, गजुरेलले भने ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...