प्रधानमन्त्री ओली ताप्लेजुङमा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ प्रस्थान गरेका छन् । उनले ताप्लेजुङको घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन पछि सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।

प्रधानमन्त्री ओलीसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई पनि छन् ।

घुन्सापछि प्रधानमन्त्री ओलीको टोली ओलाचुङ्गोला हुँदै इलाम पुग्ने कार्यक्रम छ । उनले इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ ।

यसअघि कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभा भ्रमण गरेका थिए । त्यहाँ पनि बीओपीको निरीक्षण गरेका थिए ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा निस्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...