चितवन घटनाबारे सूर्य थापाको प्रश्न– पार्टी एकताको नारा कसरी भयो सुनियोजित दुर्व्यवहार ?



हाम्रो इकोनोमि

 

शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि कार्यकर्ताबाटै भएको दुर्व्यवहारपछि जिम्मेवार नेताहरुबाट भइरहेको टीकाटिप्पणीप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।

खासगरी थापाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको वक्तव्यप्रति प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार थापाले असन्तुष्टि जनाएका हुन् ।

शनिबार राप्ति नगरपालिकामा नेकपाको कार्यक्रममा पाण्डे बोलिरहँदा कार्यकर्ताले ‘पार्टी एकता, जबज र प्रधानमन्त्री ओलीको समर्थनमा’ नारावाजी गरेका थिए । उक्त घटना सुनियोजित भएको भन्दै नेकपा नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति र सामाजिक सञ्जालहरुमार्फत विरोध गर्दै घटनाको छानविन गर्न माग गरेका थिए ।

त्यसपछि सल्लाहकार थापाले ट्विट गर्दै लेखेका छन्– ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिंदा निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ– गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुबै स्थायी कमिटी सदस्य– तब न नारायणकाजी !’

उनले नारायणकाजी श्रेष्ठको ट्विटलाई मेन्सन गरेर उक्त धारणा सार्वजनिक गरेका हुन् ।

त्यसअघि प्रवक्ता श्रेष्ठले ट्विटरमा लेको थिए– ‘आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद कमरेड सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ । यसप्रकारको व्यवहार प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन । चेत होस् ।’

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...