अध्यक्ष दाहालले पार्टी विघटन गराउन खोजे : मुख्यमन्त्री पोखरेल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी(नेकपां)को बुधबार बसेको सचिवालय बैठकपछि विवाद मत्थर भएको आँकलन नेता–कार्यकर्ताले गरेका थिए । तर त्यो आँकलन गलत सावित हुँदै गएको छ ।

नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको भावना विपरीत आएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव फिर्ता लिएर साझा प्रस्ताव बनाउनुपर्नेमा अर्का अध्यक्ष केपी ओलीलाई अर्को प्रस्ताव ल्याउन समय दिएकोमा असन्तुष्टी प्रकट गरेका छन् । उनले समानान्तर दस्तावेज ल्याउनु एकतातर्फको बाटो नभएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले सामाजिक संजालमा लेखेका छन्–‘पार्टी एकताको भावना विपरीत आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनुपर्नेमा सचिवालय वैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ । पार्टी एकताले पूर्णता नपाउँदै समानान्तर दस्तावेज ल्याउनु एकतातर्फको वाटो अवश्य होइन । १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गंभीर बन्नुहोस् । अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...