प्रभु साहको प्रश्न– ‘गौर हत्याकाण्डको हत्यारासंग घाँटी जोडेर बाबुराम र महन्थजीले कस्तो सुशासनको कुरा गरेका हुन ?



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्व मन्त्री प्रभु साहले बिभिन्न हत्याकाण्डका हत्यारासंग घाँटी जोडेर सुशासन आउँन नसक्ने बताएका छन् । आज रौतहटको बौधीमाई नगरपालिका-४, इनरवारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले गौर हत्याकाण्डका हत्यारा एवं जंगलीराज संग घाटी जोडेर कस्तो सुशासन ल्याउन खोजेको हो भनेर प्रश्न गरेका हुन् । “बाबुरामजी मुलुकमा सुशासन स्थापना गर्ने अभियानमा लाग्नुभएको छ । महन्थजी एक सन्त नेता हुनुहुन्छ ।” साहले भने, “एकातिर सुशासन र सदाचारको कुरा गर्ने अर्कों तिर गौर हत्याकाण्ड सहित बिभिन्न नरसंहार घटनाका हत्यारा एवं भ्रष्टहरुसंग घाँटी जोडेर हिड़ने , यसरी सुशासन सम्भव छैन् ।

नर्कको जाने बाटो हिडेर स्वर्ग पुग्न सकिदैन, अन्ततः नर्कमै पुग्ने हो ।” “समाजलाई पछाडी फर्काउन उद्धत दमंताको राजनीतिक गर्दै आएका उपेन्द्र यादवहरू जंगलीराजको स्थापना गर्ने हो , सुशासित समाजको हैन । केही समय अघिसम्म संघीय सरकारमा सहभागि भई भ्रष्टाचारको कीर्तिमान बनाएर असक्षम भनि निकालिएका उपेन्द्र यादव जस्ता नेताहरुले सुशासित र समृद्ध समाज बनाऊने कुरा “भैसीले अण्डा दिन्छ “ भने जस्तै हो ।” उनले थपे । भ्रष्टाचारका कारण निकालिएका भ्रष्टहरुबाट बिकास हैन बिनास मात्र हुने भएकोले जसपाको पछाडी न लागन जनतालाई बिशेष अनुरोध गरे । कार्यक्रममा प्रदेश सासंद कुन्दन कुश्वाहा, संविधानसभा सदस्य अबदुल कलाम आजाद, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, नेकपा प्रदेश कमिटी सदस्यहरु त्रिभुवन साह, मनोज यादव, जयचन्द्र पटेललगायतका नेताहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...