प्रचण्ड–नेपाल गुट किन भयो ब्याक, फेरीपनि ओली नै माथी



हाम्रो इकोनोमि

 

‘३०– ३२ वर्ष पार्टीको नेतृत्व लिएका पटक पटक प्रधानमन्त्री भएका व्यक्तिहरु पटक पटक म म भन्दै किन भन्छन । हामी भन्दा पछाडी रहेको करिव ६० वर्ष पुगेका नेताहरु छन्, उनिहरुलाई अब नेतृत्व किन नदिने ? हामीले नै ओगटी रहने, जो तीन दशकदेखी शक्ति पावरमा छ, घुमिफेरी त्यही व्यक्तिमा किन आउने ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अगाडी एउटा अन्तर्वातामा भन्नु भएको थियो ।

उहाको मनसाय अब पार्टी नेतृत्व नयाँ व्यक्तिलाई दिउ भन्ने स्पष्ट छ । नेकपामै हाल चार जना प्रधानमन्त्री भईसकेका व्यक्ति छन् । उनिहरुमध्ये धेरै त दशकौं पार्टीको नेतृत्व गरेका नेता पनि छन् । पछिल्लो समय नेकपाको विवाद चर्किरहँदा र पटक पटक विवाद निस्किएपछि प्रधानमन्त्री ओलीले महाधिवेशनबाट नयाँ नेतृत्व चुनौं भन्ने प्रस्ताव पेश गरिरहनु भएको छ । तर, विधि, पद्धति र बैठकको कुरा गरेर भागबण्डा खोजिरहेको पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले यो विषयमा अहिलेसम्म कुनै धारणा बैठक र सार्वजनिक मञ्चमा दिन सकेको छैन ।

नेकपाको विवाद देखेर स्वयम नेकपाकै नेताहरु समेत दिक्दारीमा परिरहेका छन् । पार्टी विभाजनको बहस समेत नेताहरुले गरिरहेका बेला बुधबार बसेको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले सामुहिक राजिनामाको प्रस्ताव पेश गर्नुभएको छ । सधै शान्त जस्ता देखिनु हुने महासचिवले नेतृत्वलाई कडा शब्द राख्दै सामुहिक राजिनामाको प्रस्ताव पेश गर्नुभएको हो ।

सचिवालय बैठकमा महासचिव पौडेलले सचिवालयको टिम नेतृत्व गर्न योग्य नभएको र यसैगरी चल्ने भए पार्टी र आन्दोलन समाप्त हुन सक्ने भएकाले नयाँ पुस्तालाई ठाउँ खालि गर्न स्थायी कमिटीमा यो प्रस्ताव लैजाउ भनेर भनाई राख्नु भएको थियो । उहाको प्रस्ताव आएपछि प्रचण्ड–नेपाल खेमाले यो विषयमा एक शब्द पनि बोलेनन् । उनिहरुले बरु यो प्रस्तावलाई नजरअन्दाज गर्दै बैठकलाई अन्य विषयमा प्रवेश गराएको एक सचिवालय सदस्यले जनताटाइम्सलाई जानकारी दिनुभयो ।

एक नेताको अनुसार प्रचण्ड–नेपाल खेमाको आजको प्रस्तुतबाट उहाँहरु पार्टीमा किन विवाद झिकिरहनु भएको छ भन्ने विषय प्रष्ट भएको बताउनु भयो । आफुहरु पद नछाड्ने र अरु भने छाड् कि छाड् भन्ने मनरोगबाट उहाहरु ग्रस्त भएको ति नेताको भनाई छ । सचिवालय बैठक मंसिर १३ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...