नेकपा फुट्ला त ? यस्तो छ उर्दि



हाम्रो इकोनोमि

 

नेकपाभित्रको तनावलाई लिएर बिभिन्न अड्कलबाजी भइरहेको बेला आज एकैदिन पार्टीको सचिवालय र मन्त्रिपरिषद्को बैठक बस्दैछ । एक घण्टाको फरकमा बस्न लागेको बैठकलाई लिएर बिभिन्न आशंकाहरु भइरहेका छन् ।

यद्यपि आज दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक २ बजेलाई सारिएको हो । सचिवालय बैठकसँग जुधाएर राखेको सन्देश जाने भएपछि प्रधानमन्त्रीले १ घण्टा बैठक पर सारेको स्रोतले बतायो ।

पूर्वनिर्धारित समय अनुसार, आजै १ बजे नेकपा सचिवालय बैठक बालुवाटारमै बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच नेताहरु प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बैठकबाट दबाब दिने दाउमा छन् । सकभर ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदमात्रै रोज्न दिने गरी उनीहरुले दबाब सिर्जना गरिरहेका छन् ।

यता, प्रधानमन्त्री ओली भने कुनै पनि हिसाबले पछि नहट्ने अबस्थामा छन् । उनले पार्टी बैठकबाट आफूविरुद्ध निर्णय भए अर्को ठूलो कदम चाल्ने चेतावनी दिइसकेका छन् ।

आजको बैठकबाट नेकपा फुटको दिशामा जान सक्ने भन्दै नेताहरुले चिन्ता व्यक्त गरिरहेका छन् । दुई अध्यक्षबीच सहमति नभए नेकपा फुटको नजिक देखिएको स्रोतले बतायो । नेकपाभित्र पूर्वएमालेहरुको झगडाले फुटको अबस्था निम्त्याएको हो । पूर्वएमालेको झगडामा कार्यकारी अध्यक्ष प्रचण्डले खेल्दै प्रधानमन्त्रीलाई अप्ठेरो पार्ने काम गरिरहेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...