यस्तो रैछ ओलीबिरुद्ध लाग्नैपर्ने पाँच भाईको बाध्यता



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसहित सचिवालयका पाँच नेताले ओलीबिरुद्ध मोर्चावन्दी गर्नुको मुख्य कारण दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण राक्नु नै रहेको पाइएको छ । अध्यक्ष पुष्पकमल दाहालदेखि बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले आफू निकटहरुसँग ‘ओलीले अचाक्ली गर्यो’ भन्ने शब्दसहित ‘हामीलाई त थन्क्याउन पो खोज्यो’ भन्दै कन्भिन्स गर्न थालेपछि ओलीबिरुद्ध लाग्नैपर्ने पाँच भाईको योजना बाहिर आएको हो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव औपचारिक रुपमै राखिसक्नु भएको छ । उहाँले स्थायी कमिटी र सचिवालय बैठकमा सो प्रस्ताव राखेपछि सार्वजनिक रुपमा पनि दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने अफ्नो अडान राख्नुभएको थियो । ओलीको सो अडानले आफूहरु कुनामा थन्किनु पर्ने भयो भन्दै अध्यक्ष प्रचण्डसहित बरिष्ठ नेता नेपाल, उपाध्यक्ष गौतमसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले ओलीबिरुद्ध मोर्चावन्दी बनाएर आफूले नेतृत्व नपाउने भए पार्टी नै बिभाजन गरी नेतृत्व हत्याउने योजनासहित अघि बढनु भएको हो ।

‘जहिले पनि नयाँ पुस्ता, नयाँ पुस्ता भन्ने, हामीलाई नेतृत्वमा बस्नै नदिने षडयन्त्र ओलीले गरे, दोस्रो पुस्तालाई नेता मानेर कसरी यो पार्टीमा बस्नु ?’ अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बामदेवलाई आफूहरुलाई भनेको कुरा उधृत गर्दै भेटन पुगेका नेकपाका एक युवा नेताले जनताटाइम्ससँग भने । उनका अनुसार नेताहरुले नियुक्तिमा भागबण्डा, जस्तो चरित्रका भएपनि आफूहरुले भनेको ब्यक्ति नै मन्त्री हुनुपर्ने मान्यता र मन्त्रीको बदमासीमा प्रधानमन्त्रीको निगरानी हुन नहुने तीन बिषयलाई पाँचै नेताले प्रमुख रुपमा उठाउनु भएको छ । ‘प्रधानमन्त्रीले मन्त्रीमाथि बढी निगरानी गर्नुभयो भन्ने पनि उहाँहरुको असन्तुष्टि रहेछ, मुख्य कुराचाँहि दोस्रो पुस्तालाई नेतृत्वमा पुग्नबाट रोक्ने नै रहेछ,’ पाँचै नेतासँग भेट गरेका ती युवा नेताले निश्कर्ष सुनाउँदै जनताटाइम्ससँग भने ।

उनका अनुसार अध्यक्ष प्रचण्डले त आफू अहिलेसम्म नेतृत्वमा रहेको र भन्दै एकाएक अरुलाई बझाउने कुरा ल्याएर अपमान गरेको आरोपसमेत लगाउनु भएको छ । नेकपाका पाँच नेतामध्ये अध्यक्ष प्रचण्डले एक्लै ३२ बर्ष भन्दा बढी लगातार पार्टीको नेतृत्व गर्नुभएको छ । उहाँ पहिलो पटक पार्टीको सम्पुर्ण बागडोर आफूले लिन नपाई दोस्रो पोजिशनमा अध्यक्ष बन्नुभएको छ । नेतृत्व हस्तान्तरणको माग गरेकै कारण उहाँले युद्धका सारथी र आफ्नै गुरु मोहन बैद्यसहित डा. बाबुराम भट्टराई र नेत्रबिक्रम चन्द, बिप्लवलाई पार्टी छाडेर जान बाध्य पार्नुभएको छ । यस्तै अर्का नेता माधव नेपालले १५ बर्ष पार्टीको लगातार नेतृत्व गर्नुभएको छ ।

आफ्नो पदतिर आँखा लगाएको भन्दै २०५४ सालमा पार्टी नै बिभाजन गर्न मुख्य भुमिका खेल्नुभएका नेपालले २०६४ सालको संबिधानसभा निर्वाचनमा नेकपा एमालेलाई आर्यघाटमा पुर्याएपछि मात्रै पार्टी नेतृत्व छाडनु भएको थियो । यस्तै खनालले पनि १३ बर्ष पार्टीको नेतृत्व गर्नुभएको छ । उहाँहरु तीनै जना प्रधानमन्त्रीसमेत भइसक्नु भएको छ । उपाध्यक्ष गौतमले चार बर्ष पार्टी चलाउनु भएको छ भने प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि लामो समय पार्टीको नेतृत्व गरी असफल नेताका रुपमा स्थापित हुनुभएको छ ।

कस्ले कति बर्ष पार्टीको नेतृत्व गरे ?

१.पुष्पकमल दाहाल “प्रचण्ड” – महामन्त्री, अध्यक्ष/ कार्यकारी अध्यक्ष, मशाल, एकताकेन्द्र, माओवादी, एमाओवादी, माओवादीकेन्द्र, नेकपा – (२०४५-२०७७)- ३२ बर्ष ।
२. झलनाथ खनाल – महासचिव- (२०३९- २०४६), संयाेजक-(२०६१-६२), महासचिव/अध्यक्ष (२०६५-२०७१)- १४ बर्ष ।
३. माधवकुमार नेपाल – महासचिव(२०५०- २०६५)- १६ बर्ष
४. वामदेव गाैतम – महासचिव, नेकपा (माले)- (२०५५-२०५८) – ४ बर्ष ।
५. नारायणकाजी श्रेष्ठ – महामन्त्री/सहमहामन्त्री, नेकपा(एकताकेन्द्र/ एकताकेन्द्र-मसाल)- (२०५१- २०६५)
– १४ बर्ष ।
पार्टी/आन्दाेलनकाे दशा ?

प्रधानमन्त्री ओलीले एकपटक नेतृत्व गरिसकेको ब्यक्ति फेरिफेरि किन मरिहत्ते गर्ने ? भन्ने प्रश्नले यी पाँचै भाइलाई नराम्रोसँग झस्काएको ती युवा नेताको भनाई छ । सोझै दोस्रो पुस्तालाई नेतृत्व नदिने कुरा राखे आफू निकट पनि टाढिने भन्दै पाँच भाईले त्यसैका लागि राजनीतिक रंग लगाएर गत बैशाखमा तयार पारिएको दस्तावेजलाई प्रस्तावको नाममा सचिवालयमा राखिएको स्रोतले बतायो ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डको नाममा सचिवालयमा आएको प्रस्ताव नेपालको नक्सा प्रकाशन गरेपछि ओली सरकार ढाल्न आएको भारतीय टोलीको योजनाअनुसार बनाइएको थियो । सोही दस्तावेजलाई अहिले राखिएको हो । बैशाख-जेठमै तयार पारिएको कारण भदौं २६ गते बसेको स्थायी कमिटी बैठकले गरेको निर्णय भन्दा बाहिर गएर दस्तावेज आएको स्रोतको भनाई छ । प्रचण्ड आर्यघाटमा पनि पार्टी प्रमुखकै रुपमा सिरानी लगाएर जान चाहनुहुन्छ । जनताटाइम्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...