प्रचण्डको कारण पार्टी एकता गम्भीर मोडमा : मुख्यमन्त्री पोखरेल
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सचिवालय बैठकमा प्रस्तुत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको महसूस भएको बताएका छन् ।
नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती भएको उनले बताएका हुन् ।
उनले भनेका छन्, ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । ‘
उनले बैठकमा प्रस्तुत गरिएका एकल प्रस्ताव फिर्ता गरी पार्ट एकताको रक्षा गर्न प्रचण्डलाई आग्रह समेत गरेका छन् । उनले भनेका छन्, ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु ।’
अध्यक्ष प्रचण्डले शुक्रवारको सचिवालय बैठकमा प्रस्ताव राखेका थिए । उक्त दस्तावेजमा प्रचण्डले ओलीको शैली कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्तभन्दा बिलकुल फरक रहेको आरोप लगाएका थिए ।
ुकमरेड ओलीको सोच र कार्यशैली कम्युनिस्ट पार्टीको यो संगठनात्मक सिद्धान्त र मान्यताहरूको बिलकुल विपरीत रहेको छ । बैठक, छलफल र बहसप्रति अरुचि, आफ्नो व्यक्तिगत निर्णयलाई समूहले जिम्मेवारी लिइदिनुपर्ने आग्रह, भिन्न विचार, मत र प्रवृत्तिप्रति चरम असहिष्णुता वा आँखा चिम्लेर मलाई समर्थन गर अन्यथा निषेध हुन र निरंकुशता सामना गर्न तयार होऊ,ु ओलीप्रति असन्तुष्टि प्रकट गर्दै ओलीले लेखेका थिए। ओलीले पार्टी पदलाई निजी सम्पत्तिजस्तै ठानेको आरोप पनि प्रचण्डले लगाएका थिए ।


