सचिवालय बैठकमा ओलीको लिखित जवाफ, वामदेवसँग साँचो ताल्चा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक राखेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालनिकट दुवै समूह आन्तरिक रणनीति तयार पार्न जुटेको छ। बालुवाटार प्रधानमन्त्री ओली र खुमलटारमा अध्यक्ष दाहालले आफू निकटका नेताहरूसँग छलफल गरिरहेका छन्।

अध्यक्ष दाहालसहित नेताहरूले प्रधानमन्त्री ओलीलाई बैठक राख्न लिखित रूपमा सहमति माग गरेपछि प्रधानमन्त्री ओलीले पनि लिखित रूपमा जवाफ फर्काएको उनीनिकट स्रोतले बतायो।

‘अध्यक्ष दाहालसहितका नेताहरूले बैठकको सहमतिका लागि लिखित रूपमा माग गरेपछि उहाँले पनि लिखित रूपमा नै जवाफ फर्काउनुभएको छ’ बालुवाटार स्रोतले भन्यो, ‘आजको सचिवालय बैठकमा त्यही विषयमा छलफल हुन्छ।’

उपाध्यक्ष वामदेव गौतमलाई सर्वोच्च अदालतले संवैधानिक नियुक्तिबाट अन्तरिक आदेश नदिएपछि नेकपाभित्रको विवादलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। अध्यक्ष दाहालनिकट रहिरहेका उनी सर्वोच्चको निर्णयपछि प्रधानमन्त्री ओलीको पक्षमा उभिएर सरकारमा जाने चर्चा चलिरहेका छ।

त्यसो त यसअघिको विवादमा पनि अध्यक्ष दाहालनिकट रहिरहेको अवस्थामा विवादको अन्तिम चरणमा पुगेपछि प्रधानमन्त्री ओलीको पक्षमा उभिएर समीकरण नै परिवर्तन गर्ने गरिरहेका छन्। त्यसैले दुई साताअघि उपाध्यक्ष गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा बोलाएर पार्टीभित्रको विवादमा भूमिका खेल्न आग्रहसमेत गरेकी थिइन्।

बुधबारको सर्वोच्चको निर्णयपछि उपाध्यक्ष गौतम पुन: प्रधानमन्त्री ओलीको पक्षमा उभिने चर्चा चलिरहेका छ। तर, उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले भने त्यो कुरामा कुनै सत्यता नभएको बताएका छन्।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘क. वामदेव गौतम मन्त्री हुने आन्तरिक समीकरण बदलिने जस्ता कुरा शतप्रतिशत अफवाह हुन्। उहाँ विधि र पद्धतिभन्दा तलमाथि हुनुहुन्न।’

प्रतिक्रिया दिनुहोस
पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...