ओलीको ८ पेज लामो लभलेटर प्रचण्डलाई , के छ यसभित्र



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको गुटबन्दीको दोष अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका छन्।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले गत शनिबार बुझाएको पत्रको जवाफमा प्रधानमन्त्रीले यस्तो आरोप लगाएका हुन्। प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा सचिवालयका अन्य सदस्यलाई बोधार्थ पठाइएको छ।

ग’प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा गुटबन्दी तपाईंले नै गरेको हो भन्ने लामो व्यहोरा छ। मैले पार्टी बैठक राख्दिनँ भनेर कहिले पनि भनेको छैन,’ प्रधानमन्त्रीको पत्रबारे स्रोतले भन्यो,’पत्रमा प्रचण्डलाई गुटबन्दी छोडेर पार्टी, देश र जनताको हितमा काम गर्न आउन आग्रह गरिएको छ। ८ पेज लामो पत्र भए पनि सारमा गुटबन्दीको आरोप प्रचण्डलाई लगाएकोबाहेक केही छैन।’

पत्रमा प्रधानमन्त्रीको आक्रोश प्रचण्डमाथि नै धेरै देखिएको छ। दुई अध्यक्षबीचमा हुँदै नभएको कुरालाई बाहिर सार्वजनिक गरेको समेत प्रधानमन्त्री ओलीले आरोप लगाएका छन्।

प्रधानमन्त्रीले पठाएको पत्रमा अबको निकासको बारेमा समेत केही उल्लेख नगरिएको स्रोतले बतायो। गत शनिबार सचिवालयको बैठकका लागि बहुमत सचिवालय सदस्यले लिखित ध्यानाकर्षण बुझाउन जाँदासमेत प्रधानमन्त्री ओली प्रचण्डसँग आक्रोशित बनेका थिए।

प्रधानमन्त्री ओलीले त्यो दिन प्रचण्डलाई पटक-पटक जाली फटाहा भनेका थिए भने प्रधानमन्त्रीलाई पनि प्रचण्डले महाजाली र महाफटाहा भनेका थिए।

मंगलबार प्रचण्डले कात्तिक २७ गतेका लागि सचिवालय बैठक बोलाउन सुझाव दिँदासमेत प्रधानमन्त्री ओली सकारात्मक भएका थिएनन्। प्रधानमन्त्रीलाई भेटेलगत्तै प्रचण्ड धुम्बाराही पुगेका थिए। धुम्बाराहीमा भएको बहुमत सचिवालय सदस्यको बैठकले समेत कात्तिक २७ गते बैठक राख्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको थियो।

प्रधानमन्त्रीले बैठक बोलाउन ढिलाइ गरेको भए बिहीबार ओलीइतर पक्षले अनौपचारिक बैठक गरेर सचिवालय बैठक तोक्ने तयारी गरेको थियो। त्यसपछि सचिवालय बैठक बोलाएर स्थायी कमिटी बैठक बोलाउने प्रचण्ड सहितका बहुमत सचिवालय सदस्यको तयारी थियो। प्रधानमन्त्री ओलीले बिहीबार नै शुक्रबारका लागि सचिवालय बैठक बोलाएपछि भने ओलीइतर पक्ष अगाडि बढेको छैन। नेकपा सचिवालय बैठक आज अपरान्ह ४ बजेका लागि डाकिएको छ।

प्रतिक्रिया दिनुहोस
पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...