दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब २५ करोड कारोबार



हाम्रो इकोनोमि

 

साताको अन्तिम कारोबार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । बुधबार २८ अंक भन्दा धेरैले बढेको नेप्से बिहीबार १० दशमलव ८२ अंकले बढेर १ हजार ७ सय १८ दशमलव ४९ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.२७ अंकले बढेको छ । योसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ४ अर्ब ९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब २५ करोड रुपैयाँ माथिको कारोबार भएको छ

दिनभर भएका ४९ हजार २ सय ७८ कारोबारबाट १ सय ९८ कम्पनीक १ करोड २३ लाख ३५ हजार ५ सय ५६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब २५ करोड ६४ लाख ७५ हजार ८ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक तथा कारोबार रकममा समेत वृद्धि देखिए पनि धेरै लगानीकर्ताहरुले गुमाएका छन् । नेप्सेमा कारोबार हुने बैंकिङ उपसमूह १०.२१ अंकले बढेको छ भने व्यापार १६४।७१ अंकले बढेको छ । यसका साथै निर्जिवन बिमा उपसमूह र म्चुअल फण्ड पनि बढेको छ भने अन्य सबै उपसमूह

प्रतिक्रिया दिनुहोस
बैंकको खराब कर्जा ५.६४ प्रतिशत पुग्यो

    नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या थप गहिरिँदै गएको छ ।...

जनकपुरधाममा आइपुग्यो अयोध्याबाट रेल

    भारतको अयोध्याबाट १७ बोकीसहित सरयू–कमला एक्सप्रेस आज बिहान जनकपुरधाम आइपुगेको छ...

बालेन र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्तरूपमा शिलान्यास

    प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको...

नेपाल-भारतबीच भएका आठ समझदारी

  प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ ।...