वामपन्थी नेता चित्रबहादुर केसीको उपचार सरकारले गर्ने



हाम्रो इकोनोमि

 

पूर्व उपप्रधानमन्त्री एवं चर्चित वामपन्थी नेता चित्रबहादुर केसीको उपचार सरकारले गर्ने भएको छ । कोरोना भाइरस संक्रमणपछि गम्भीर बिरामी पर्नुभएका चर्चित बामपन्थी नेता केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएको नेकपाका महासचिव समेत रहनु भएका अर्थमन्त्री विष्णु पाैडेलले जानकारी दिनुभयो ।

बिहिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभाका सदस्य तथा जनमोर्चाका अध्यक्ष केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो । निमोनियाबाट थलिएका केसीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई कोरोना पाेजेटिभ पनि देखिएको छ । केसीको उपचारमा खर्च अभाव भएपछि राष्ट्रिय जनमोर्चाले बुधबार सहयोगको अपिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...