नेकपा फुटेर पूर्वएमाले र पूर्वमाओवादी बन्दैन : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा फुटेर पूर्वएमाले र पूर्वमाओवादी केन्द्र नबन्ने बताएका छन् ।

पार्टीभित्र विधि, विधान तथा पद्धति मान्ने र नमान्नेबीचको संघर्ष उत्कर्षमा पुगे पनि तत्काल पार्टीभित्र फुटको अवस्था नआउने र आइहालेमा नेकपा फुटेर पूर्वएमाले र पूर्व माओवादी केन्द्र नबन्ने उनको भनाइ छ ।

आफूहरुमाथि धेरै अन्याय भइसकेकाले थप अन्याय सहन नसकिने बताउँदै उनले पार्टी ध्रुबीकरणको दिशामा अगाडि बढेको संकेत गरेका छन् ।

बुधबार तिहारको शुभकामना दिन प्रचण्डनिवास पुगेका विद्यार्थी, मजदूर र युवा संगठनहरुका प्रतिनिधिहरुसँग कुरा गर्दै प्रचण्डले पार्टीभित्र कुनै पनि खालको पद वा प्रतिष्ठाका लागि नभइ विधि, विधान र पद्धतिका विषयमा संघर्ष चलिरहेको स्पष्ट पारे ।

उनले संगठनका प्रतिनिधिहरुसँग भनेका छन्, ‘धेरै अन्याय सहेर बस्न सकिँदैन । पार्टीमा अब ध्रुबीकरण हुन्छ । पार्टीको विधान, विधि पद्धति मान्ने र नमान्नेबीचको लडाइँ हो, अब । कुनै पद र प्रतिष्ठाको लडाइँ होइन ।’

आफूहरुमा धैर्यता टुट्न लागेको बताउँदै प्रचण्डले आफूहरुले अहिले बैठकको माग गरेको र अध्यक्ष ओलीले सहमति नजनाए सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएर पार्टीलाई अगाडि बढाइने पनि बताएका छन् । पार्टी नेता र बैठकहरुको निर्णय पालना नगर्नु ओलीको ठूलो गल्ती भएको प्रचण्डको ठहर छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...