वामदेव गौतम फेरी ओली गुटमा, छोडे प्रचण्ड क्याम्प



हाम्रो इकोनोमि

 

वामदेव गौतम ओली गुटमा सर्ने संकेत प्रधानमन्त्रीले चाल पाएपछि नेकपाको सचिवालय बैठक बस्ने पक्का भएको छ । वामदेवले प्रचण्ड क्याम्पबाट विदा लिने भएपछि सचिवालयमा प्रचण्ड अल्पमतमा पर्ने पक्का भएपछि नेकपाको सचिवालय बैठक बस्ने पक्का भएको हो ।

चर्को दवावपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठक बोलाएका छन् ।

ओलीले शुक्रबार ४ बजेका लागि सचिवालयको बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमार्फत जनाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

‘नेकपाका दुबै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले पार्टीको केन्द्रीय सचिवालयको बैठक शुक्रबार अपराह्न ४ बजे वालुवाटारमा बोलाउनुभएको छ’, रिजालले लेखेका छन् ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको निर्देशनमा महासचिव विष्णु पौडेलले सचिवालय बैठक बोलाइएको छ ।

दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालसहितको समूहले सचिवालयको बैठकका लागि ओलीलाई दवाव दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...