प्रधानमन्त्री ओली संखुवासभामा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार (आज) संखुवासभा आएका छन् ।

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकाेप्टरबाट संखुवासभा आई चीनसँग सिमाना जोडिएको किमाथांका नाका, त्रिदेशीय (भारत, नेपाल र चीन) लिंकको रूपमा रहेको उत्तर–दक्षिण कोसी सडक आयोजनाको कोसी कोरिडोर र सीमा सुरक्षा पोस्ट (बिओपी)को अनुगमन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले किमाथांकामा करिब दुई घन्टा बिताएका थिए ।

त्यसपछि प्रधानमन्त्री ओली सोही हेलिकाेप्टरबाट नौ सय वाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थल फ्याक्सिन्दा पुगे ।

फ्यासिक्दामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने र अरुण तेस्रो प्रगतिबारे जानकारी लिने कार्यक्रम रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।

प्रधानमन्त्रीले चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका– १ मा पर्ने किमाथांका नाकाको अवलोकन, करिब एक वर्षअगाडि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बिओपी)को निर्माणधीन भवनका साथै भन्सार कार्यालय र सुक्खा बन्दरगाहलगायतको अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...