सिटौला र प्रचण्डको गोप्य भेट, काँग्रेससँग घाँटी जोडने तयारी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड यसपटक केपी शर्मा ओलीलाई जसरी भए पनि प्रधानमन्त्री पदबाट हटाउन कस्सिनुभएको छ । त्यसनिम्ति उहाँले पार्टीको संसदीय दलमा केपीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य केही अघिदेखि नै शुरु गर्नुभएको छ भने सडक सङ्घर्ष गरिदिन विपक्षी दलका नेता तथा नागरिक समाजसम्वद्ध व्यक्तिहरूसँग आग्रह गर्नुभएको जानकारी प्राप्त भएको छ ।

समाचारअनुसार प्रचण्डले नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलामार्फत काङ्ग्रेसलाई सडक सङ्घर्षमा उतार्न प्रयास गरिरहनुभएको छ । प्रचण्डले काङ्ग्रेसका युवा नेता डा. अमरेश कुमार सिंहलाई भेटेर गत साता केपीविरुद्ध सङ्घर्षको वातावरण बनाउने काममा लागिदिन आग्रह गर्नुभएको थियो । सभापति शेरबहादुर देउवा, नेताहरू डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल र रामचन्द्र पौडेललाई पनि प्रचण्डले विभिन्न माध्यमबाट संवाद गरी ओलीविरुद्ध सङ्घर्ष गर्न ‘सुझाव’ दिनुभएको बुझिएको छ । त्यस्तै, नागरिक समाजका केही व्यक्तिहरूलाई पनि सडक सङ्घर्षको आयोजना गरी केपीविरुद्धको वातावरण बनाउन आग्रह गरेको र प्रचण्डको सोही निर्देशन बमोजिम केही व्यक्तिहरू नागरिक आन्दोलनको तयारीमा जुटेको बुझिएको छ ।

कृष्णप्रसाद सिटौलाले गत साता बुढानिलकण्ठस्थित शेरबहादुर देउवाको निवासमा आयोजित विशेष अनौपचारिक बैठकमा काङ्ग्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डल प्रधानमन्त्रीकोमा गएर ज्ञापनपत्र दिइ सडकमा उत्रनुपर्ने धारणा प्रस्तुत गर्नुभएको थियो । तर, उहाँले आफूलाई यसनिम्ति प्रचण्डले सुझाव दिएको जानकारीचाहिँ देउवालाई गराउनुभएन । जे होस्, प्रचण्डले यतिबेला पार्टीभित्र र बाहिरबाट सङ्घर्ष गरी केपीलाई पदमुक्त गराउने निर्णायक प्रयास गरिरहनु भएको छ ।

स्मरणीय छ, गत वैशाखमा पनि प्रचण्डले केपी ओलीविरुद्ध निर्णायक कदम चाल्ने प्रयास गर्नुभएको थियो । उहाँले ओलीलाई पदमुक्त गर्न पार्टीभित्र गम्भीर गृहकार्य गरिरहँदा झापामा रहेका कृष्णप्रसाद सिटौलालाई काठमाडौं बोलाइ सङ्घर्षको तयारी गर्न ‘निर्देशन’ दिनुभएको र प्रचण्डको ‘निर्देशन’ प्राप्त भएलगत्तै सिटौलाले काङ्ग्रेस केन्द्रिय कार्यालयमा विपक्षी दलहरूको एक बैठक आयोजना गरी केपीविरुद्ध सडक सङ्घर्षमा जाने निर्णय गराउनुभएको थियो । अहिले पनि प्रचण्डको इच्छा र योजनाअनुरुप काङ्ग्रेसलाई परिचालन गर्ने प्रयास नेता सिटौलाबाट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...