प्रधानमन्त्रीलाई कारबाही गर्ने तयारीमा प्रचण्ड



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कारवाही’ गर्ने निष्कर्षमा प्रचण्डको टोली पुगेको छ । पार्टी सचिवालयको बैठक बोलाउन प्रधानमन्त्रीलाई दिएको ‘अल्टिमेटम’ मङ्गलबार (कात्तिक २५ गते) सकिएको छ । केही दिनअघि प्रचण्डपक्षीय पाँच जना सचिवालयका सदस्यहरूको बैठक बसी ओलीलाई अल्टिमेटमसहितको पत्र दिने निर्णय भएबमोजिम प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर पत्र बुझाइएको थियो । तर प्रधानमन्त्रीले उक्त पत्रको राम्रो ‘रेस्पोन्स’ नगरेको प्रचण्ड पक्षको ठहर छ ।

प्रचण्ड अध्यक्ष ओलीलाई पार्टीबाट अनुशासनको कारबाही गरी निष्काशनसम्म गर्ने मानसिकतामा भएको बुझिएको छ । त्यस्तै संसदीय दलको नेताबाट हटाउने योजना अनुरुपको तयारी पनि प्रचण्डबाट भइरहेको छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला प्रचण्डद्वारा चालिने कदमको प्रतीक्षा गरिरहनुभएको छ । प्रचण्डको कदम हेरेर मात्र प्रतिरोध गर्ने सोचमा प्रधानमन्त्री रहनुभएको छ ।

भनिन्छ, माधवकुमार नेपाल र बामदेव गौतम पार्टी विभाजन हुने गरी कुनै कदम चाल्ने पक्षमा हुनुहुन्न, उहाँहरूको उद्देश्य केपीलाई तह लगाएर सहमतिमा ल्याउनेसम्ममा मात्र सीमित छ । तर प्रचण्डले भने अब ओलीसँग सहयात्रा गर्न नसकिने ठहर गरिसक्नुभएको छ । पार्टी विभाजन हुने भयकै कारण अब चुपचाप सहेर बस्न नसकिने प्रचण्डको बुझाइ छ । त्यसैले उहाँ केपीविरुद्ध हदैसम्म निर्मम भएर जाने तयारी गर्दै हुनुहुन्छ ।

प्रचण्डले पार्टीभित्रका असन्तुष्ट नेताहरूलाई पनि आफूकहाँ बोलाएर ‘कित्ता स्पष्ट गर्न’ सुझाव दिनुभएको छ । आफूले केपीविरुद्ध कठोर र निर्णायक कदम चाल्न लागेको जानकारी गराउँदै ‘एक/दुई दिनभित्र कतापट्टि लाग्ने हो लाग्नु’ भन्ने उर्दी प्रचण्डबाट जारी भएपछि असन्तुष्ट पक्ष आन्तरिक परामर्शमा रहेको बुझिएको छ । ज्ञातव्य छ, प्रचण्डसँग टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेल, प्रभु साह र लेखराज भट्टलाई असन्तुष्ट नेताका रूपमा लिइन्छ भने रामबहादुर थापा ‘बादल’ र जनार्दन शर्मा ‘प्रभाकर’चाहिँ ‘दुई डुङ्गामा खुट्टा’ राख्ने नेता मानिनुहुन्छ ।

प्रचण्ड जोडिएको पार्टी यसअघि पनि आधि दर्जन पटक विभाजन भइसकेको छ । यसपटक उहाँले केपीलाई कसरी कारबाही गराउनुहुने हो र कसरी पार्टी विभाजन गराउनुहुने हो– प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...