शंकर पोखरेल खुमलटार छिरेपछि नेकपामा फेरी हगांमा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार गएका छन् । पोखरेल अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भेटवार्तामा सक्रिय रहँदै आएका छन् ।

मंगलबार विहान खुमलटार पुुगेका पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर बैठक बोलाउने बातावरण बनाउन प्रचण्डसँग आग्रह गरेका थिए । तर, प्रचण्डले भने सचिवालय बैठक बसेपछि मात्रै समस्या समाधानबारे छलफल हुने बताएका उनीनिकट स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष प्रचण्डले नेकपाभित्र देखिएको समस्याबारे सचिवालय समितिमै छलफल गर्नुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले भने पहिले दुई अध्यक्षबीच सहमति जुटाएर एजेण्डा तय नगरी बैठक आवश्यक नरहेको धारणा राख्दै आएका छन् ।

प्रचण्ड सहित सचिवालयका पाँच नेताले तत्काल सचिवालय बैठक बोलाउन सहमति दिन भन्दै कात्तिक २२ मा दुई पन्ने लिखित पत्र बुझाएका छन् । तर, प्रधानमन्त्री ओलीले भने विधान बमोजिम बैठक बोलाउने सन्देश महासचिव विष्णुप्रसाद पौडेल मार्फत सोमबार प्रचण्डलाई पठाएका थिए । प्रधानमन्त्रीको सन्देश लिएर महासचिव पौडेल खुमलटार पुगेका थिए ।

प्रचण्डले भने प्रधानमन्त्री ओली बैठक बोलाउन सहमत नभए कार्यकारी अध्यक्षको हैसियतले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । प्रचण्डले छुट्टै बैठक बोलाए पार्टी विभाजन गर्ने प्रधानमन्त्रीले चेतावनी दिएका छन् । तर, प्रधानमन्त्री निकटका नेताहरु भने यो अवस्था आउन नदिन सक्रिय बनेका छन् ।

प्रधानमन्त्री निकट महासचिव पौडेल, लुम्बिनीका मुख्यमन्त्री पोखरेल, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत दिनहुँ छलफल गरिरहेका छन् । यी नेताहरुले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतलाई भेटवार्ता गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...