ओलीविरूद्ध प्रचण्डको घेराबन्दी सकियो, अब देउवासँग मिल्ने चेतावनी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकोविरूद्धमा मोर्चाबन्दी गरिरहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समूहले दिएको अल्टिमेटिम आज सकिदैछ । पार्टी एकताको सहमति विपरित नयाँ नयाँ समिकरण बनाएर गुटबन्दी गरिरहेका प्रचण्डले ओलीलाइ बैठक बोलाउन लिखित रूपमा माग गरेर दिएको अल्टिमेटमा आज सोमबार सकिदै छ ।

यो बीचमा नेकपाका नेताहरूले विभन्न चरणमा छलफल त गरेका छन तर विदेशी शक्तिले नेकपाका नेताहरू माथि निर्देशन जमाएर सिर्जना भएको विवादका कारण अब के हुन्छ भन्ने आँकल गर्न कसैले सकेका छैनन् । यद्यपी विगतमा जस्तै अध्यक्ष ओलीले यस पटकको षडयन्त्र पनि करिब असफल पार्ने संकेतहरू देखिएको छ ।

पूर्व एमालेका तीन नेता बोकेर ओलीको विरूद्धमा मोर्चाबन्दी गरेर सरकारलाइ समेत घेराबन्दीमा पारेर तीव्र गतिमा काम गर्नबाट रोक्न प्रचण्डले महत्वपूर्ण भूमिका खेलेका छन । सार्वजनिक रूपमा प्रचण्ड समूहले व्यक्त गरेको धारणा अनुसार ओलीले बैठक नबोलाए आफैँ बैठक बोलाएर अघि बढ्छन कि फेरि सहमतिको नाममा कुर्छन त्यो चाहिँ अबको केही घण्टामा स्पष्ट नै भैहाल्छ ।

हरेक दिन प्रचण्डको निवास खुमलटारमा बैठक गरिरहेका प्रचण्ड समूहका नेताहरूले अबको बाटो कसरी तयार गर्लान भन्ने विषय सोही समूहका दोस्रो तहका नेताले समेत राम्रोसँग बुझेका छैन्नन । सरकारविरूद्धमा अविश्वाको प्रस्ताव ल्याउने तयारी गरेर हस्ताक्षर अभियान चलाए पनि उनीहरूले बहुमत जुटाउन नसक्दा समस्यामा परेको स्रोतले जनाएको छ ।

प्रचण्ड समूहले बहुमतका लागि नेपाली कांग्रेसलाइ अनुरोध गरे पनि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा दुइ चिरा नभइ कांग्रेसले कुनै निर्णय दिन नसक्ने जवाफ दिएको स्रोतले जनाएको छ । पछिल्लो समय दुइ अध्यक्षको तिक्ता बढेसँगै शीर्ष भनिएका नेताहरू देखाइदिने भन्दै हिडेँका छन ।

दुबै अध्यक्षले पार्टी विभाजनको डिलमा पुगेको भन्दै बचाउने अभियानमा लाग्न अनुरोध पनि गरेका छन । महासचिव विष्णु पौडेलले त सामाजिक सञ्जाल मार्फत नै पार्टी गम्भीर मोडमा पुगेको बताएका थिए । त्यस्तै लुम्बिनीका मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सबै नेतालाइ कटुता बिर्सेर एकतको महाधिवेशनको तयारीमा जुट्न अनुरोध गरेका छन । नेकपाका धेरै नेताले पार्टी एकजुट बनाउने उपाय भनेको महाधिवेशन नै रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...