कार्यदलका ४ सदस्य बालुवाटारमा, जनार्दन खुमलटार



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र नेकपा कार्यदलका ४ जना सदस्यबीच छलफल भएको छ ।  सोमबार दिउँसो अध्यक्ष ओलीले कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । तर बालुवाटारको छलफलमा कार्यदल सदस्य जनार्दन शर्मा र पम्फा भुसाल भने सहभागी भएनन् ।

दिउँसो १२ बजे कार्यदलका ५ जना सदस्य बालुवाटार पुग्दा शर्मा अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका थिए । शर्मा र अध्यक्ष प्रचण्डबीच एक घण्टा भेटवार्तापछि शर्मा खुमलटारबाट बाहिरिएका थिए । अध्यक्ष प्रचण्ड र नेता शर्माबीच पार्टीभित्र उत्पन्न समस्या र समाधानका विषयमा विमर्श भएको बुझिएको छ ।

प्रचण्डसँग भेटवार्ता भएको पुष्टि गर्दै शर्माले रातोपाटीसँग भने, ‘अध्यक्षसँगको भेटमा पार्टीमा उत्पन्न समस्या र समाधानका उपायका बारेमा कुराकानी भयो ।’ शर्मा कोभिड १९ बाट संक्रमित भएपछि झण्डै २२ दिनयता घरबाट बाहिर निस्केका थिएनन् । उता महासचिव विष्णु पौडेलसहित नेताहरु भीम रावल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले बालुवाटारमा ओलीसँग सोही समयमा भेटवार्ता गरेका थिए । कार्यदल सदस्य पम्फा भुषाल पनि बालुवाटार नगएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...