नेकपा कार्यदललाई बालुवाटारको निम्तो, संकट सामाधान हुने संकेत



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा महासचिव विष्णु पौडेल नेतृत्वको ‘कार्यदल’ फेरि सक्रिय भएको छ ।

स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पुर्‍याउने क्रममा यही कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारी निर्धारण गर्दै आगामी चैतमा एकताको महाधिवेशन गर्ने सुझाव पेस गरेको थियो । कार्यदलको सुझाव परिमार्जनसहित स्थायी कमिटी बैठकले १५ बुँदे निर्णय गरेपछि नेकपाको संकट टरेको मानिएको थियो ।

अहिले फेरि अध्यक्ष ओली तथा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद चर्किएको छ ।

पार्टीभित्र फेरि संकट देखिएकाले कार्यदल सक्रिय बनाइएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले  बताए । कार्यदलका सदस्यहरुसँग छुट्टा-छुट्टै कुराकानी गरेपछि महासचिव पौडेलले आज सोमबार संयुक्त छलफल राखेका छन् ।

कार्यदलका सदस्यहरुले आजै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुरा राख्ने तयारी गरेका छन् । अर्का अध्यक्ष प्रचण्डसँग भने भेट्ने समय तय भइसकेको छैन ।

कार्यदलमा नेकपाभित्र तीनै खेमा (ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल) का दुई/दुई जना सदस्य छन् । ओलीका तर्फबाट पौडेल र शंकर पोखरेल, प्रचण्डका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

भदौ २६ को स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयनमा दबाव दिन कार्यदल सक्रिय बनाइएको एक सदस्यले बताए । ओलीले आफ्नो कार्यक्षेत्र मिचिएको गुनासो गर्दै आएका छन् भने प्रचण्डले स्थायी कमिटी बैठकको निर्णय बिपरीत सरकारले निर्णय गरिरहेको आरोप लगाएका छन् ।

कात्तिक १५ मा अध्यक्षद्धय ओली र प्रचण्डबीच भएको भेटपछि पार्टीमा फेरि संकट गरिदिएको छ । त्यो भेटमा ओलीले सल्लाहमा अलग होऔं भन्ने प्रस्ताव राखेको प्रचण्डले बताएका छन् । प्रधानमन्त्री ओली पक्षले भने प्रचण्डले प्रधानमन्त्री पद मागेको दाबी गरेका छन् ।

पार्टीमा देखिएको संकटबारे छलफल गर्न प्रचण्डसहित बहुमत सचिवालय सदस्य -प्रचण्ड, झलनाथ खनाल, नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) ले सचिवालय बैठकका लागि सहमति माग गर्दै ओलीलाई लिखित पत्र नै बुझाएका छन् । तर बैठक अझै तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...