नेकपा : नयाँ प्रतिबद्धतापछि मात्र अर्को सहमति



हाम्रो इकोनोमि

 

तीन वर्षमा हिँड्दै गरेको नेकपाभित्रको विवादको टुंगो कसरी लाग्ला भन्ने चासो नेकपाका कार्यकर्तादेखि राजनीतिक विश्लेषकसम्मलाई छ । नेकपाको पार्टी सञ्चालन र सरकार सञ्चालनमा अहिले जसरी दुई अध्यक्ष्ँवीच विवाद देखिएको छ, त्यसले पार्टीलाई धु्रवीकरणमा लैजान थालेकाले त्यसको परिणाम विभाजन नै त होइन ? भन्ने प्रश्न उठेको छ । तर, परिस्थिति त्यति पर पनि पुगिसकेको छैन कि दुवै अध्यक्ष्ँहरू पार्टी विभाजन होस् र एकले अर्कोलाई कारबाही गरोस् । नेकपाका केही स्थायी समिति सदस्यहरू पनि तत्काल पार्टी विभाजनको सम्भावना देख्दैनन् । पार्टीभित्रको विवाद र गुटगत छलफल हेर्दा परिस्थिति २०७७ भदौ २६ गतेको स्थायी समिति बैठकभन्दा अघि पुगेको देखिन्छ ।

त्यो भनेको अध्यक्ष्ँ प्रचण्ड समूह प्रधानमन्त्री ओलीलाई सके प्रधानमन्त्रीबाट हटाउने नसके साइजमा राख्न चाहन्छन् । र, प्रधानमन्त्री केपी ओली आफूले हारेको सन्देश पार्टीभित्रमात्र होइन बाहिर पनि दिन चाहँदैनन्, जसले गर्दा दुई समूहबीचको टकराव सहजै मिलिहाल्ने संकेत पनि देखिँदैन् । र, २६ भदौ २०७७ को स्थायी समितिका भएको सहमति कार्यान्वनमा जटिलता पनि त्यही कारण आएको हो ।

यहीबीचमा एकथरीले मध्यावधि निर्वाचनदेखि स्वास्थ्य संकटकालको सम्भावनासमेत औल्याएका छन् । ६ महिनासम्म स्वास्थ्य संकटकाल लगाउन सक्ने संवैधानिक व्यवस्था छ र त्यसैको प्रयोग गरेर प्रधानमन्त्री ओलीले सरकारलाई निरन्तरता दिन सक्छन् भन्ने अनुमान प्रचण्ड पक्षले गरेको देखिन्छ । त्यसैका लागि २०७७ कात्तिक २० गते बिहीबार बिहान प्रचण्ड, माधव नेपाललगायतका नेताहरूले पेरिसडाँडामा कानून व्यवसायीसँग छलफल गरेका थिए । त्यो त्यति सजिलो संवैधानिक बाटो भने प्रधानमन्त्री ओलीका लागि पनि छैन । त्यसैले अहिले मध्यावधि र संकटकालको चर्चा अस्वभाविक रूपमा भइरहेको देखिन्छ । त्यो अवस्था आउने बेलासम्म त नेकपाभित्र संसदीय दलको हस्ताक्ष्ँर अभियानले उत्कर्ष लिइसकेको हुनेछ । तर,  त्यसतर्फ नेकपा विवाद उन्मुख देखिँदैन ।

यही संकटका बीचमा प्रधानमन्त्री केपी ओलीले नेताहरूसंगको भेटघाटलाई बढी प्राथमिकता दिएको अवस्था छ । यसै सन्दर्भमा नेकपाको भावी अध्यक्षका रुपमा हेरिएका नेता माधव कुमार नेपाल र उनको कोर टीमसंग पनि २०७७ कत्तिक २३ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म गंभीर छलफल भएको छ । छलफलमा नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसमेत सहभागी रहेका थिए । स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले नेता नेपाल समक्ष सहयोगको अपेक्षा गरेका थिए भने माधव नेपालले पार्टी पद्धति, विधिसम्मत अगाडि बढ्न अनुरोध गर्दै आफूले सहयोग गर्ने बचन दिएका थिए । पार्टीमा उत्पन्न संकट समाधान गर्नका समूहगत भेटघाटपछि अब प्रधानमन्त्री ओली र नेता नेपालबीच एकल भेटघाटको प्रयास पनि भइरहेको स्रोत बताउछ ।

त्यसैले, नेकपाको विवादको निरूपणका लागि फेरि पनि सचिवालय र स्थायी समिति बैठक बस्नेछन् । २०७७ मंसिर १५ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि अन्योलकै अवस्था छ । प्रधानमन्त्री ओलीनिकट एक स्थायी समितिको भनाइमा पनि स्थायी समितिको बैठक बरु फेरि बस्न सक्छ । त्यसले २६ भदौको स्थायी समितिको निर्णयलाई थप व्याख्या गर्ने, पार्टी र सरकार सञ्चालनमा मोडालिटी तय हने र नेताहरूले कमजोरी स्वीकार गरेर नयाँ प्रतिबद्धता जनाएर एकपटक फेरि सहमति जुट्ने वातावरण बनाउन दोस्रो पुस्ताका नेताहरूले प्रयास गरिरहेका छन् ।

स्थायी समिनि बैठक बोलाउनुपर्ने र त्यसै बैठकबाट विगतको सहमतिको पुनव्र्याख्या गर्नुपर्ने मत त प्रचण्ड र माधव नेपालपक्षका नेताहरूको पनि छ । उनीहरू बैठकबाटै समस्याको समाधान खोज्नुपर्ने पक्षमा छन् । अहिले परिस्थिति चर्किदै गएका कारण पार्टीका बैठकहरू पनि सहज रुपमा बस्न सक्ने अवस्था छैन ।

प्रमुख सचेतक हटाउने त्रास 
संसदीय दलको नेताले दलको प्रमुख सचेतक नियुक्त गर्ने व्यवस्था छ । त्यही व्यवस्था अनुसार पार्टी एकताको मर्ममा टेकेर संसदीय दलको नेता केपी ओलीले माओवादी खेमाका नेता देव गुरुङलाई प्रमुख सचेतकमा निरन्तरता दिएका छन् । पछिल्ला दिनमा गुरुङ प्रधानमन्त्री ओलीको विरुद्धमा लागेका मात्र छैनन, संसदमा समेत सरकारको नीतिविरुद्ध बोलेका थिए । त्यसैले प्रधानमन्त्री ओली पहिलादेखि नै प्रमुख सचेतक गुरुङसँग सकारात्मक छैनन । त्यसैले अहिले प्रचण्ड पक्ष्ँलाई ओलीले प्रमुख सचेतक गुरुङलाई हटाउलान् भन्ने त्रास छ ।

संयुक्त सरकारजस्तो मन्त्रिपरिषद्
प्रधानमन्त्री ओलीले २०७७ कात्तिक २२ गते एक अन्तर्वार्तामा भनेका छन्, अहिलेको सरकार विभिन्न दलको संयुक्त सरकारजस्तो छ । एउटै पार्टीको जस्तो सरकार बन्न नसकेको उनको भनाइ छ । मन्त्री भएका नेताहरू विभिन्न गुटबाट चल्ने गरेको र गुटको सिफारिसका आधारमा मन्त्री बनाइएकाले काम गर्न पनि समस्या भएको बताइरहेका छन् । त्यसैकारण प्रधानमन्त्री ओली आफ्नो अनुकूलको मन्त्रिपरिषद् बनाउन चाहिरहेका छन् । त्यसको अर्थ सरकारले सहज ढंगले काम गर्न अन्य गुटबाट सिफारिस भएर आए पनि आफूले रोजेको नेतालाई मन्त्री बनाउन पाइयोस् भन्ने हो । अहिले प्रचण्ड र ओलीबीच दरार देखिएको एउटा कारण यो पनि हो ।

प्रचण्डले आफूले रोजेको भन्दा पनि प्रधानमन्त्री ओलीले रोजेका नेतालाई मन्त्री बनाउनुपर्ने परिस्थिति देखिएपछि प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनलाई स्वीकारेका छैनन् । १८ कात्तिकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि यही कुरा भएको स्रोत बताउछ । त्यतिबेला बादलले प्रधानमन्त्री ओलीलाई अर्काको गुटबाट आउने सिफारिसलाई मान्न सुझाव दिएका थिए ।

यसैबीच, आईतबार मात्रै प्रधानमन्त्री केपी  शर्मा ओली र माधव नेपाल पक्ष नेताबीच छलफल भएको छ । नेकपा विवाद उत्कर्षमा पुगिरहेका बेला ओली र माधव पक्षबीच भएको छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ । साँघु साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...