माधव नेपालपनि बालुवाटार छिरे, भागबण्डा मिलाउने यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा नेता नेपाल, स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डेसँग प्रधानमन्त्रीले कुराकानी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ। नेताहरूबीच एक घण्टादेखि छलफल जारी छ।

शनिबार अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले अध्यक्ष ओलीलाई लिखित पत्र दिएर सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए।

सचिवालय सदस्यहरूबाट आएको मागपछि उत्पन्न परिस्थितिमा अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षका नेता भेटेका हुन्।

शनिबार नेता नेपालले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए।

पछिल्लो समय अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

यसअघि कात्तिक ४ र ५ मा पनि अध्यक्ष ओलीले नेता नेपालसँग भेटवार्ता गर्दै सहकार्यका लागि आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...