प्रचण्डलाई ओलीले दिए यस्तो निर्देशन



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी भनिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनमा इमान्दार भएर लाग्न निर्देशन दिनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा एउटा अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचडलाई पार्टी निर्णय कार्यान्वयनमा ध्यान दिन निर्देशन दिनुभएको हो ।

पार्टी निर्णय कार्यान्वयन गर्नुको साटो विभिन्न बाहना बनाएर प्रधानमन्त्रीलाई निरन्तर असहयोगको वातावरण सिर्जना गर्न थालेपछि ओलीले बिहीबारको भेटमा प्रचण्डलाई यस्तो निर्देशन दिनुभएको हो । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रचण्डलाई निर्देशन दिँदै भन्नुभएको छ ‘तपाईं तीन चार जना सचिवालयका सदस्य भेला गरेर अनेक षडयन्त्र र गुटबन्दी गर्न छाडेर पार्टी बनाउने अभियानमा लाग्नुस् तपाई आफू पनि काम नगर्ने र सरकारले गर्न लागेका कामहरूमा पनि भाँजो हालेर डिस्टर्ब नगर्नुस् । बरू पार्टी निर्माण लागि महाधिवेशनको तयारीका लागि अझै प्रभावकारी समन्वय गर्नुस् ।’

प्रधानमन्त्रीले कोटेश्वर र खुमलटारमा बसेरै भएपनि पार्टी सरकार दुबैलाइ सफल बनाउने योजना बनाउन र पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयमा लाग्न निर्देशन दिनुभएको स्रोतले बतायो । प्रधानमन्त्रीले त्यसअघि भएको मन्त्रिपरिषद् बैठकमा सरकारविरूद्धको मोर्चा र गुटबन्दीमा लिप्त नबन्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको थियो ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बैठकको सुरूमै यही सरकारमा रहेर यही सरकारको विरूद्धमा मोर्चाबन्दी गर्ने र दुष्प्रचारमा लाग्ने केहीमन्त्रीतर्फ इंकित गर्दै सरकारविरूद्धका सबै षडयन्त्र आफूले असफल पार्ने बताउनुभएको थियो । सरकारमा रहेका केहीमन्त्री झण्डै एक वर्षदेखि सरकार ढाल्नकै लागि विभिन्न मोर्चाबन्दीमा सहभागी हुँदै आएका छन ।

पछिल्लो समयमा दुई अध्यक्षको अवरणमा नेकपाभित्र बेमेल देखिए पनि एकताको सहमति विपरित नेकपाका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाख खनालले नयाँ समिकरण बनाएर असामान्य व्यवहार प्रकट गर्दा झण्डै दुई तिहाईको नजिक भएर पनि सरकारले तीव्र गतिमा काम गर्न सकिरहेको छैन ।

पछिल्लो केहीदिन यता अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग पदको बार्गेनिङ गरेपछि नेकपाको स्वार्थ समूहकोबीचको टकराव सतहमा देखिएको छ । त्यसपछि केन्द्रीय तहका नेताहरूले र एक अर्काका विरूद्धमा अभिव्यक्तिका माध्यमबाट आक्रमण गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...